कञ्चनपुर । कञ्चनपुरका पत्रकारद्वय माधव सिह धामी र श्यामदत्त भट्टलाई पुरस्कार प्रदान गरिएको छ ।

 

प्रेस काउन्सिल नेपालले पत्रकारद्वय धामी र भट्टलाई पुरस्कार एव सम्मान गरेको हो । पत्रकार धामीलाई प्रेस काउन्सिल आचार संहिता र पत्रकार भट्टलाई कियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

 

शनिबार काठमाण्डौँमा ५४औँ बार्षिकोत्सव एक कार्यक्तमका विच पत्रकार धामी, भट्ट सहितका पत्रकारलाई राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्तमका विच पुरस्कार वितरण गरेका छन ।

 

झण्डै तीन दशकदेखि पत्रकारितामा सकृय माधव सिह धामी नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष एव आजको नयाँ विकल्प दैनिकका सम्पादक हुन, भने झण्डै दुई दशकदेखि पत्रकारितामा सकृय भट्ट नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वतमान सदस्य एव सुदूरपश्चिम पोष्ट दैनिकका सम्पादक हुन । पत्रकारद्वय भट्ट र धामीले पुरस्कार पाएसंगै थप पत्रकारितामा उर्जा थपिएको बताएका छन । उनीहरुलाई जिल्लाका सहकर्मीले समेत समाजिक सञ्जाल, टेलिफोनबाट बधाई दिईरहेका छन । प्रेस काउन्सिलले प्रदान गर्दै आएको फरक दुई विद्याका पुरस्कारमा कञ्चनपुरका दुई पत्रकारले एकै पटक पाएपछि जिल्लाको केन्द्रमा समेत बेग्लै पहिचान भएको छ ।

प्रतिक्रिया दिनुस