कञ्चनपुर । कमल थापा नेतृत्वको राप्रपा नेपाल कञ्चनपुरका नेता कार्यकर्ताहरुले संविधानको प्रति जलाएका छन ।

संविधान दिवसकै दिन राप्रपा नेपाल कञ्चनपुरका नेता कार्यकर्ताहरुले संविधानको प्रति जलाएका हुन ।

राप्रपा नेपालका केन्द्रीय सदस्य शेर बहादुर चन्दले महेन्द्रनगर भाँसी क्षेत्रमा संविधानको बिरोध गर्दै प्रति जलाएको बताए । ‘यो संविधान देश र जनताको हितमा छैन, संघीयताले भ्रष्टाचार मात्रै मौलाएको छ, नेता कार्यकर्ता पाल्ने संविधान नेपाली जनालाई स्र्वीकार्य छैन, ‘उनले भने, ‘हामीले गणतन्त्रको बिरोध सहित संविधानको प्रति जलाएका छौँ ।’ हिन्दुराज्य राजसंस्थाको माग अघि सारेर बिरोध प्रर्दशन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुस