कञ्चनपुर । नेकपा माओवादी केन्द्रमा हुँदा अबसरै अवसर पाएका कञ्चनपुरका एक पुर्व माओवादी नेता एमालेमा प्रवेस गरेपछि पहिलो प्रयासमै रोकिएका छन ।

पुर्व माओवादी नेता मोहन गिरी एमाले सुप प्रदेश सम्मेलन प्रतिनिधिमै पराजित भएका छन । बेलडाँडीमा १ महिला सहित दुई पुरुष प्रतिनिधी छनौटमा मोहन गिरीमाथि सहमती नभएपछि चुनावी प्रकृया भएको थियो । उनी चुनावी प्रकृयाबाट आवट भएका छन । एमाले कञ्चनपुरका नेताहरुका अनुसार बेलडाँडीमा सहमती नभएपछि चुनावी प्रकृयाबाट प्रदेश प्रतिनिधी छनौट गरिएको छ । बेलडाँडीमा लाल बहादुर रावत, अभिमान थापा, बसन्ती जोशी निर्वाचित भएका छन । रावतले १४८, थापाले १४६, जोशीले १२० मत ल्याएका थिए । मोहन गिरी १०३ कमलादेवी कार्की ९५ पराजित भएका छन । कुल ३सय ७८ मध्ये २१८मत खसेका थिए । जनमोर्चाबाट एमाले प्रवेस गरेका थापा निर्वाचित र माओवादीबाट एमाले प्रवेस गरेका गिरी पराजित भएका छन । यो परिघटनाले समेत गिरीलाई एमालेमा नेता कार्यकर्ताहरुले स्वीकार नगरेको नेताहरु बताउँछन ।

०६४ सालमा आरक्षपीडित आयोगको अध्यक्ष, ०७० मा दोस्रो संविधान सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र ३ बाट टिकट, यस्तै महेन्द्रनगर नगर विकास समिति अध्यक्ष पाटीमा समेत तत्तकालिन राज्य कमिटिसम्मै सहजै जिम्मेबारी, जिल्ला पाटीमा प्रभावशाली जिम्मेबारी पाएका नेताले आफु मात्रै नभई श्रीमतीलाई समेत दुई दुई पटक बेलडाँडी गाँउपालिका उपाध्यक्षको टिकट दिलाएका थिए । ०७४ र ०७९ मा सम्पन्न भएका स्थानीय तह निर्वाचनमा उनले श्रीमतीलाई कल्पना गिरीलाई टिकट दिलाएका थिए । यसरी माओवादीमा हुँदा लाभैलाभ लिएका नेता एमालेमा प्रवेस गरेको एक बर्षमै धोका खाएका छन । १५भदौँ ०७९मा एमालेमा प्रवेस गरेका गिरीलाई यस अघि नेकपा एमाले सुप प्रदेश सदस्य बनाईएको थियो । प्रदेश सम्मेलनको सम्मेलन प्रतिनिधी समेत सर्वसम्मत हुन नसकेपछि चुनावी प्रकृयाबाट समेत पराजित भएका छन ।

उनको पराजयलाई कतिपय एमाले माओवादीका नेताहरुले स्वभावित भएको बताएका छन । माओवादीमा हुँदा लाभैलाभ लिएका थुप्रै अवसर पाएका नेता एमालेमा आउँदा अवसर नपाउनु स्वभावित भएको बताउँछन । एक एमाले नेताले माओवादीमा जस्तो रजाई एमालेमा नहुने यहाँ विधी प्रकृया लोकतान्त्रिक पद्धती अनुरुप आउनुपर्ने धारणा राख्छन । कञ्चनपुरका एक माओवादी नेताले यसरी माओवादी हुँदा प्रभाव जमाएका नेतालाई एमालेमा गाँउस्तरका नेता कार्यकर्ताहरुले नपत्याएको बताएका छन । गिरीको हारलाई केही नेता कार्यकर्ताहरुले प्राविधिक त्रृटी भएको बताएका छन ।

माओवादीबाट एमाले प्रवेस गरेका कतिपय नेता सहमतीय आधारमै छनौट भएका छन । कतिपय छनौट नभएको र कतिपयलेले आँकाक्षा समेत राख्न पाएका छैनन । यसरी आफ्ना हुँदा खादाको पाटी र पद छाडेर अर्को पाटीमा लाग्दा थुप्रै संघर्ष गर्नुपर्ने नेताहरुको भनाई

छ । एक पाटीमा हुँदा एक वा बहु अवसर पाएका नेताले अर्को पाटीमा प्रवेस गर्दा नयाँ पाटीका नेता कार्यकर्ताहरुले सहजै स्वीकार नगरेको पृष्टी भएको छ ।

प्रतिक्रिया दिनुस