कञ्चनपुर । सुदूरपश्चिम प्रदेश बैतडीका पत्रकारद्वय गोकर्ण दयाल र ललित बोहरा नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरमा प्रवेस गरेका छन ।

सोमबार बैतडीको पाटनमा बैतडीका पत्रकारद्वय गोकर्ण दयाल र ललित बोहरा नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरमा प्रवेस गरेका हुन ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा सुपका नेता राजेन्द्र प्रशाद अवस्थीले माओवादी केन्द्र बैतडीको अभियान समिक्षा कार्यक्तममा पत्रकार दयाल र बोहरा प्रेस सेन्टरमा प्रवेस गरेको बताए । गोरखापत्र दैनिक बैतडीका समाचारदाता दयाल र समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ डडेल्धुराका कोषाध्यक्ष बोहरालाई माओवादी केन्द्रका केन्दीय सचिव एव सुप प्रदेश इन्चार्ज डिलाराम आचार्य, माओवादी केन्द्र सुप प्रदेशका तत्तकालिन इन्चार्ज खगराज भट्टले स्वागत गरेका थिए । कार्यक्रममा प्रेस सेन्टरका नेताद्वय केशवराज जोशी, राजेन्द्र प्रशाद अवस्थी सहितका माओवादी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस