बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा नेकपा माओवादीले अभियानको समिक्षा गरेको छ । गत भदौँदेखि शुरु गरिएको जनतासंग माओवादी विशेष अभियान’को सोमबार बैतडीमा समिक्षा गरिएको हो । माओवादी केन्द्रले देशैभरी गत १५ भदौँदेखि शुरु भएको ‘जनतासंग माओवादी विशेष अभियान’ शुरु गरिएको थियो । जस अन्तरगत बैतडीका सबै पालिकामा शुरु गरिएको अभियानको समिक्षा गर्दै भावि दिनमा थप प्रभावकारी बनाउने नेताहरुले जोडदिएका छन ।

बैतडीको पाटनमा गरिएको समिक्षा कार्यक्तममा बोल्दै माओवादी नेताहरुले अभियान थप गाँउघरमा प्रभावकारी बनाउन जोडदिएका हुन । नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले यस अघि शुरु गरिएको एक महिने अभियानको समिक्षा गर्दै भावि दिनमा थप अभियान प्रभावकारी बनाउने विषयमा नेताहरुले धारणा राखेको बताए ।

कार्यक्तममा प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्रका केन्दीय सचिव तथा सुप प्रदेश इन्चार्ज डिलाराम आचार्य, बिशिष्ठ अथिति सुप प्रदेशका तत्तकालिन इन्चार्ज खगराज भट्ट, केन्दीय सदस्य राम प्रशाद तिम्लिसिना, भरत धानुक, मञ्जु बम, बैकल्पिक केन्दीय सदस्य माया नेगी,भक्त विश्वकर्मा, प्रदेश उपाध्यक्ष मानसिह माल(क्रान्ति),प्रदेश सदस्य प्रेम प्रकास भट्ट(आदित्य),विक्रम कुँवर, शैलेश धानुक,जिल्ला सचिव रमेश बहादुर चन्द सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बैतडी जिल्लाका सबै पालिका, वडा, गाँउबस्तीहरुमा थप प्रभावकारी अभियान संचालन गर्दै जनताको सुझाव संकलन गर्ने तर्फ केन्द्रीत हुने समिक्षा गरेका छन ।

प्रतिक्रिया दिनुस