कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी महिला कलावती विष्ट(साउद)को मृत्यु घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । बुधबार कलावती घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन ।

कलावतीका श्रीमान अर्जुन साउद भारतमा रोजगारीमा कार्यरत छन । विवाह भएको दोसो बर्ष र २२ दिने दुदे बालक छाडेर कसरी उनले आत्महत्या गरेको भन्दै माईती पक्षले छानबिनको माग अघि सारेको छन । मृतक कलावतीका भाई सुरेन्द्र विष्टले दिदिको समान्य अवस्थामा मृत्यु नभएको बताए । उनले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । प्रहरीले उक्त घटनाको छानबिन भईरहेको जनाएको छ । मृतक कलावती घर नजिकै झुण्डिएर मृत फेला परेकी थिईन ।

 

प्रतिक्रिया दिनुस