कञ्चनपुर । महाकाली नदीको तटमा ‘विच’ भलिबल प्रतियोगिता हुने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ महाकाली नटिय क्षेत्रमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा र कञ्चनपुर भलिबल संघको संयुक्त आयोजनामा खुला भलिबल प्रतियोगिता हुने भएको जनाईएको छ । कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्यामसिह मौनीले २९ असोजदेखि प्रथम खुला तथा भेट्रानविच पुरुष भलिभल प्रतियोगिता हुने बताए ।

अध्यक्ष मौनीले भलिबलको बृद्धि विकासका साथै पर्यापर्यटन प्रर्बद्धनका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । ‘हामीले बेदकोट, भीमदत्त र दोधाराचाँदनी स्थानीय पालिकासंग समन्वय गरेर प्रतियोगिता आयोजना गरेका छौँ, ‘अध्यक्ष मौनीले भने, ‘प्राविधिक सहयोग पुरै नेपाली सेनाको सहन्छ ।’

अध्यक्ष मौनीका अनुसार खुला तर्फ २ हजार र भेट्रान तर्फ १ हजार रुपैया टिम दर्ता शुल्क निर्धारण गरिएको छ ।

खुला तर्फ प्रथम,द्वितिय र तृतियलाई क्रमस १लाख, ५० हजार २५ हजार नगद पुरस्कार, भेट्रान तर्फ पनि प्रथम,द्वितिय र तृतियलाई क्रमस २५, १५ र १० हजार रुपैया पुरस्कार निर्धारण गरिएको छ । प्रतियोगितामा ३० टिम सहभागि हुने अनुमान गरिएको छ । तीनदिन सम्म संचालन हुने प्रतियोगितामा हजारौँ दर्शन तथा खेलप्रेमीले प्रतियोगिता अवलोकन गर्नेछन ।

कञ्चनपुर भलिबल संघका सचिव उत्तम विष्टले प्रतियोगितामा सहभागिताका लागि विभागिय तथा खुला तर्फ टिम सहभागिताको तयारी भईरहेको बताए । सचिव विष्टका लागि टिम दर्ताका लागि भलिबल संघकै कार्यालयमा व्यवस्था गरिएको छ । सोमबार प्रतियोगिताबारे आयोजित पत्रकार सम्मेलनमा श्री नम्बर २५ बाहिन अड्डा रुद्रध्वज गणका गणपति दीपक खडका, सहायक गणपति नविनसिह बोहरा सहितका सेनाका अधिकृत एव भलिबल संघका पदाधिकारीको सहभागिता रहेको थियो । प्रतियोगिता उद्घाटन समारोहमा जिल्ला स्थित पालिका जनप्रतिनिधी, सरकारी कार्यालयका प्रतिनिधी, सुरक्षा निकाय, खेलाडीको उपस्थिति हुनेछ ।

प्रतिक्रिया दिनुस