रमेश प्रशाद भट्ट 

कञ्चनपुर । भन्सार चोरी तस्करी सेटिङ्ग बिरुद्धमा कञ्चनपुर प्रहरीले संचालन गरेको एक्सन निरन्तर अघि बढाएको छ । एक साताकै अवधिमा दर्जनौँ व्यवसायीको गोदाबबाटै करोडौँको अवैध समान बरामद गरेको कञ्चनपुर प्रहरीले तस्कर बिरुद्धमा एक्सन निरन्तर अघि बढाएको छ ।

बुधबार पनि महेन्दनगरका एक व्यवसायीले लुकाएर राखेर भन्सार नकोटेको अवैध समान बरामद गरेको छ । प्रहरी निरीक्षक हर्ष बहादुर चन्द नेतृत्वको टोलीले व्यवसायी गुप्ताले संचालन गरेको पसलको अवैध समान बरामद गरिएको छ । गुप्ताले तेज बहादुर चन्दको घर लिजमा लिएर अवैध समान राखेपछि प्रहरी गोदामसम्मै पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्करराज पन्तले विष्णू गुप्ताको भीनपा १८महेन्द्रनगरमा रहेको गोदामबाट लाखौँको खाद्यान्न समाग्री बरामद गरिएको बताए । गुप्ताको गल्ली २मा गुप्ता किराना पसल रहेको छ । झण्डै १० लाख बढिको अवैध समान बरामद गरिएको छ । बरामद स्थलमा पुगेका कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले यसरी लाखौँको समान नेपाल भित्र्राएर राज्यलाई भन्सार(कर) नतिर्ने कार्य अपराध भएकाले प्रहरीले अवैध समान सहित मानिस पक्राउ गरेर कार्बाही गरिने बताए । व्यवसायी विष्णू गुप्ताले उक्त समान क्यारिङकर्ता मार्फत ल्याएको भन्दै जोगिन खोजेका छन । व्यवसायीले क्यारिङ्गकर्ता मार्फत भन्सार सहितका सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरीसग सेटिङ्ग गरेपछि चोरीतस्करीको समान भित्र्रीएको भन्दै्र प्रहरीले तस्कर बिरुद्धमा गोदामसम्मै पुगेर अवैध समान बरामद गर्दै भन्सार चलान गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले व्यवसायिक समान ल्याउँदा भन्सार तिरेर ल्याउन सुझाव दिएका छन । सीमा क्षेत्रदेखि भन्सारलाई सेटिङ्ग गराएर डराईडराई समान भित्र्राउनु भन्दा स्वाभिमानका साथ भन्सार तिरेर व्यवसाय संचालन गर्न नागरिकले जोडदिएका छन ।

प्रतिक्रिया दिनुस