कञ्चनपु्र । भारतबाट तस्करी गरिरहेको अवस्थामा प्रतिबन्धित औषधी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले कञ्चनपुरको जिमुवा क्षेत्रबाट चार लाख भन्दा बढिको प्रतिबन्धित औषधी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल प्रस्तावित गड्डाचौकी गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक शंकर धामी नेतृत्वको सशस्त्र प्रहरीको टोलीले बिहीबार बिहान भीमदत्त नगरपालिका १०जिमुवा क्षेत्रबाट औषधी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बलका अनुसार भारतबाट तस्करी गरिरहेको अवस्थामा नेपाल ल्याईरहेको अवस्थामा प्रतिबन्धित औषधी बरामद गरिएको छ । ४ लाख, ७९ हजार, ३सय ८०रुपैया बराबरको औषधी बरामद गरिएको छ । सशस्त्र प्रहरीले उक्त सीमावर्ती क्षेत्रबाट औषधीका साथै अन्य तस्करीका समान समेत बरामद गर्दै भन्सार चलान गरिरहेको छ ।

प्रतिक्रिया दिनुस