पुष्कर भट्ट

कञ्चनपुर । कञ्चनपुर प्रहरीले भन्सार चोरीछली तस्करी, राजस्व चुहावट बिरुद्धमा कार्बाही गरेपछि केही व्यवसायी आन्दोलित भएका छन । तस्करी बिरुद्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मम एक्सनमा उत्रिएपछि महेन्द्रनगरका केही व्यवसायी आन्दोलित भएका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पछिल्ला दुईसातादेखि भन्सार छलीचोरीको अवैध समान बरामद गर्दै आएको छ ।

कञ्चनपुर प्रहरी नेतृत्व एसपी कमल थापाले भन्सार चोरीछली गरेर भारतबाट समान भित्र्राउने व्यवसायीलाई पक्राउदेखि त्यस्तो अवैध समान बरामद गरेर भन्सार चलान गर्दै आएका छन । दुई साताको अवधिमा प्रहरीले झण्डै १ करोड १० लाख भन्दा बढिको अवैध समान बरामद गरेको थियो । बुधबार मात्रै महेन्द्रनगरका विष्णू गुप्ताले सच्ाांलन गरेको गुप्ता किराना पसलको गोदामबाट ९ लाख बराबरको अवैध समान बरामद गरेको थियो । बिहीबार फेरी प्रहरीले महेन्द्रनगरका केही जुत्ताचप्पल पसलमा अवैध समान बरामद गर्ने खोजेपछि एक हुल व्यवसायीले सटर बन्द गरेर आन्दोलनमा उत्रिएका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले प्रहरीले भन्सार छलीका समान बरामद गरेको बताए । मुख्य गरेर महेन्द्रनगर बजारको स्पेशल लाईन सहितका केही गल्ली, बसपार्क क्षेत्रका पसल बन्द भएका थिए ।

आफ्नो पसल बन्द गरेर व्यवसायीले अन्य पसल बन्द गराउँदै उद्योग वाणिज्य संघमा पुगेका थिए । उद्योग वाणिज्य संघमा पुगेका व्यवसायीले प्रहरीले दुख दिदा समेत वाणिज्य संघ केही नबोलेको भन्दै दुखेसो पोखेका छन । यस अघि प्रहरीले समान बरामद गरेका केही व्यवसायी र अन्य व्यवसायीले प्रहरी बिरुद्धमा वाणिज्य संघका पदाधिकारीसंग दुखेसो पोखिरहेका छन । केही पदाधिकारीले भन्सार छलीको समान बरामद हुँदा वाणिज्य संघका पदाधिकारी के सहजिकरण गर्ने भन्दै हप्काएका छन ।

प्रहरीले अवैध कारोबार गर्ने मात्रै व्यवसायी बिरुद्धमा कार्बाही चलाएको विषयलाई लिएर आफ्नो पसल बन्द गरेर अरुका पनि बन्द बन्द गर भन्दै हिड्ने काम तस्करी गर्न देउ भने जस्तो हो भनेर स्थानीयले धारणा अघि सारेका छन । स्थानीयले तस्कर बिरुद्धमा प्रहरी, सशस्त्र प्रहरी, भन्सार सहितका सरकारी निकाय कडाई हुनुपर्नेमा जोडदिएका छन । केही व्यवसायी ईमान्दारितापुर्वक कर तिरेर व्यववसाय गर्ने कोहीले यसरी नै तस्करी गर्ने दण्डहिनता अन्त्य हुनुपर्ने सुझाव दिएका छन । राजस्व चोरीछली बिरुद्धमा अहिले प्रहरीको अभियान निरन्तर हुनुपर्नेमा स्थानीयले माग अघि सारेका छन ।

प्रतिक्रिया दिनुस