कञ्चनपुर । सुदूरपश्चिम प्रदेश (कैलाली–कञ्चनपुर)का पक्की पुलको मर्मत गरिदैछ । पुर्व पश्चिम महेन्द्रराजमार्ग र उत्तर दक्षिण महाकाली राजमार्ग अन्र्तरगत (कैलाली–कञ्चनपुर)का रहेका पक्की पुलको मर्मत गरिदैछ ।

०५४÷०५५ सालतिर निर्माण भएका पक्की पुलको हालसम्म पुर्ण मर्मत नहुँदा जिर्णेत्तर बन्दै गएपछि मर्मत गर्न लागिएको जनाईएको छ । सडक विभाग पुल महाशाखा, महाकाली पुल आयोजना मार्फत महेन्द्रराजमार्ग अन्तरगत १४ र महाकाली राजमार्ग अन्र्तरगत २ गरी १६ पुल मर्मत हुने छन ।

महाकाली पुल आयोजना कार्यालयका सव ईन्जिनियर दुर्गादत्त अवस्थीले शुरुमा निर्माण भएका पुल हालसम्म मुख्य मर्मत नहुँदा जिर्ण भई यातायात सेवा नै ठप्प हुने भएपछि मर्मत गर्न लागिएको बताए ।

सव ईन्जिनियर अवस्थीले हिम सगरमाथा निर्मांण सेवा चितवनले भ्याट,(पिए) सहित १६ करोड ६३ लाख, १८ रुपैया बजेट मर्मत हुनेछन । २२ असार ०८०मा सम्झौता भई २२ चैत्र ०८० मा ९ महिना भित्रै पुल मर्मत गरिसक्नुपर्ने सम्झौता भएको छ ।

सव ईन्जिनियर अवस्थीले पहिले सामान्य मर्मत सम्भार भएपनि ठुलो किसिमको मर्मत यो पहिलो पटक भएको र पुलमा (ईपोक्सि मोटार) यसले उप्किएका प्लाष्टरलाई टाल्ने, टुटेका एक्सपान्सनलाई बदलेर नयाँ जडान गरिएको जसले गर्दा पुल मुनी पानी जान नदिने, (ग्राउटिङ) यसले पुल भित्र परेका चिरामा झोल पदार्थ पठाएर बन्द गर्ने विधीको प्रयोग गरेर पुल मर्मत भईरहेको बताए ।

(कार्वन फाईवर र कार्वन लेमिनेटिड स्ट्रिप) को प्रयोगले पुलको विचमा चिरा नपर्ने पुरानो प्लाष्टरलाई टुटन फुटन नदिने प्रविधीको प्रयोग गरिएको उनले बताए । साथै सडकमा रहेका पुलको सम्बन्धित पालिकाले पनि संरक्षण गरिदिने, फोहर नफाल्ने गरिदिनाले पनि पुलको आयु बढने र पुललाई मर्मत सम्भार गर्न आवस्यक नहुने बताए । तर यहाँ सबै स्थानियहरुले आफनो फोहरहरु पुल नजिक लगेर फाल्ने, रेलिङमा भएका फलाम चोरेर लैजाने पिल्लरलाई तोडफोड गरिदिनाले राज्यलाई आर्थिक भार पर्ने उनले बताए ।

 

‘यस अघि पुल जोडिएको स्थानमा गाडी गुडाँउदा हल्लाउने पानी पुलभित्र पसेर जोखिम बढाएको थियो, ‘उनले भने, ‘अहिले पुलकै लेबलमा मर्मत गरिएको छ, पानी सिधै नदीमा बगाईएको छ ।’

उनले गोदाबरी र शुक्लाफाँटा नगरपालिकाले पुलमुल फालेको फोहोर व्यवस्थापन नगरिदिदा गोदाबरी र सुनबरा नदीमा निर्माण भएका पुल मर्मतमा समस्या आएको बताए । ‘दुवै पालिकालाई पत्राचार गर्दा समेत केही सहयोग गरेनन्, हामीलाई काम गर्न समस्या भएको छ, ‘उनले भने, ‘यस्तो विकास निर्माणको काममा पालिकाले समेत हालेमालो गरिदिनुपर्छ ।’ यसका साथै नेपाल टेलिकम र एनसेल फाईबर नेटको तारले समेत निर्माण कार्यमा समस्या उत्पन्न गराएको बताए । सव ईन्जिनियर अवस्थीले ०५६ अघि निर्माण भएका पुलको मुख्य मर्मत नभएको र समान्य मात्रै भएको अवस्थामा जोखिम बढाएकाले मर्मत गरिएको बताए । समयमै पुल मर्मत भएपछि यातायातको सम्बन्ध विच्छेद नहुने र जसका कारण यात्रुलाई सास्तीखेप्नु नपर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुस