धनसिह धामी
कञ्चनपुर । पुर्वमेचीको झापादेखि शुरु भएको नेकपा एकीकृत समावादीको जागरण अभियान शनिबार कञ्चनपुरमा पुग्दैछ । बुधबार कैलाली पुगेको समाजवादीको जागरण अभियान शनिबार कञ्चनपुर पुग्ने नेकपा एकीकृत समाजवादी कञ्चनपुरले जनाएको छ ।
पाटी अध्यक्ष माधव कुमार नेपाल सहितका शिर्ष नेता कार्यकर्ता सहित झण्डै डेढ सयको सहभागितामा १४ असोजदेखि शुरु भएको अभियानको अन्तिम चरणमा कञ्चनपुर पुग्ने भएको हो । अभियान बारे नेकपा एकीकृत समाजवादी कञ्चनपुरले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै जिल्लाका हुने अभियानको तयारी अन्तिम चरणमा पुगेको जनाएको
छ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज प्रकास रावलले जनताका जनजिविका सहितका विषय समेटेर अभियान थालिएको बताए । रावलले संविधानको रक्षा र पाटी विभाजन सहित विवित विषयमा पाटी नेतृत्वबाटै सम्बोधन गरिने बताए ।
नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज एव केन्द्रीय सदस्य लाल बहादुर खडकाले शनिबार बिहान ९ बजेतिर कैलालीबाट दक्षिण पुनर्वास नगरपालिका ११ डोकेबजार भएर कञ्चनपुर आउने बताए ।
उनका अनुसार पुनर्वास, बेलौरी, ढक्का आरक्षपीडित शिबिर, बन्साह, कलुवापुर, झलारी, सुडा हुदै महेन्द्रनगर स्मारकमा सभा गरिने बताए । कञ्चनपुरमा हुने अभियानको उनले भव्य स्वागत गरिने बताए । नेकपा एकीकृत समाजवादीका सचिव हरक सिह धामीले अभियानका विवित आयाम रहेको बताए । उनका अनुसार भ्रष्टाचार, सुशासनदेखि पार्टीको आन्तरिक जागरण रहेको छ । एमालेमा भ्रष्टाचारीको बिगबिगी बढेकाले बिद्रोह गर्दै नयाँ पाटी निमार्ण भएको बताए । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका उपाध्यक्ष हरिराम चौधरीले अभियानबाट पार्टी र जनतामा थप उत्साह पैदा हुने बताए । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचार बिरुद्ध, जनताका समसामयिक समस्या सम्बोधनका लागि अभियान संचालन गरिएको जनाएको छ ।