बैतडीको डिलाशैनी गाउँपालिका लगायतका बिभिन्न स्थानमा परेको अबिरल असिना पानीले पाक्न लागेको धान बाली नष्ट भएको छ । आइतवार साझ आएको अचानक असिना पानीले पाकी सकेको धान पुर्ण रूपमा नष्ट भएको हो ।
काट्न तयारी भएको पाकि सकेको धान अचानक आएको असिना पानीले सम्पुर्ण धान नष्ट भएको डिलाशैनी गाउँपालिका वार्ड नम्बर ४ कालापानी स्थानिय तथा महारूद्र आधारभुत बिध्यालयका शिक्षक नवराज अवस्थीले जानकारी दिनुभयो।
उन्का अनुसा साझ ५ बजे करिब १ घण्टा लगातार असिना पानी र हावाहुरीले धान नष्ट गरेको बताउनुभयो। पाकेको धान नष्ट भए पछि किसान के खाने भनेर निकै चिन्तित बनेका छन्। स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकारले किसान लाइ उचित राहातको व्यवस्था गरिदिन किसान हरूले अपिल गरेका छन ।
प्रतिक्रिया दिनुस