धनसिह धामी
नेपाल बैंक लिमिटेड र न्यू काँजल चश्मा सेन्टरविच ग्राहक योजना सम्झौता भएको छ । नेपाल बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगर र न्यू काँजल चश्मा सेन्टरविच ग्राहक योजना सम्झौता भएको हो । बुधबार एक कार्यक्रमका विच बैंक चश्मा सेन्टरविच ग्राहक छुट सम्झौता भएको जनाईएको छ ।
नेपाल बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रबन्धक महेशराज जोशी र न्यू काँजल चश्मा सेन्टरका संचालक लक्ष्मिराज जोशीविच ग्राहक छुट बारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
नेपाल बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रबन्धक महेशराज जोशीले बैंकका कर्मचारी र ग्राहकले न्यू काँजल चश्मा सेन्टरमा चश्मा खरिद गर्दा २० प्रतिशत रकम छुट हुने बताए । ‘नेपाल बैंक लिमिटेड शाखा महेन्द्रनगर सहित देशैभरीका कर्मचारी ग्राकहले न्यू काँजल चश्मा सेन्टरमा चश्मा खरिद गर्दा अब २० प्रतिशत छुट पाउने भएका छन, ‘बैकका शाखा प्रमुख जोशीले अब सम्झौता भईसकेको जस अनुरुप कर्मचारीले परिचय पत्र र ग्राहकले मोबाईल बैंकिङ्ग, चेक सहितका बैंकको ग्राहक भएको परिचय खुल्ने प्रमाण पेश गर्नुपर्ने छ ।’
न्यू काँजल चश्मा सेन्टरका संचालक लक्ष्मिराज जोशीले नेपालको पहिलो बैंक भएकाले आफुपनि बैंकको ग्राहक भएकाले उक्त ग्राहक योजना लागु गर्न गएको बतचाए । ‘हाम्रो चाहना बढि बिक्रि कम मुनाफा लिने हो, ‘ग्राहकको चाहना अन्ुरुप सेवा र सम्झौता अनुरुप छुट गराउने हो ।’ उक्त सम्झौता भएसंगै अब नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकले न्यू काँजल चश्मा सेन्टरमा चश्मा खरिद गर्दा छुट पाउने भएका छन ।

प्रतिक्रिया दिनुस