कञ्चनपुर । गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अधिवक्ता निरन्जन प्रशाद विष्ट निर्वाचित भएका छन । गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा अधिवक्ता विष्ट निर्बिरोध चयन भएका हुन ।
गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा भएको थियो । उपाध्यक्षमा गोर्बदन नाथ, भुपालराज जोशी, सचिव कौसिल्या ओझा, कोषाध्यक्षमा कृष्ण प्रशाद सुवेदी, सदस्यमा कृष्णदत्त जोशी, बालाराम उपाध्याय, शुक बहादुर थापा, ओम प्रकास साउद, समिक्षा अधिकारी, रमेशलाल विष्ट(क्षेत्री) रहेका छन ।
गणतान्त्रिक प्रगतिशिल कानुन व्यवसायी एशोसिएसन नेपाल सुदूरपश्चिम प्रदेशका संयोजक तुलाराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सुप प्रदेशका निर्वतमान मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्ट प्रमुख अतिथि रहेका थिए ।
भने, नेपाल बार एसोसिएसनका केन्द्रीय महासचिव अन्जिता खनाल अतिथि रहेकी थिईन । निर्वाचन मण्डलको अध्यक्षता निर्वतमान सुप प्रदेशका मुख्यन्यायाधिवक्ता कुलानन्द उपाध्यायले गरेका थिए । कार्यक्रममा सुप प्रदेशका सबै जिल्लाका अधिवक्ताहरुको सहभागिता रहेको थियो ।