कञ्चनपुर । कञ्चनपुरका पुर्व विद्यार्थी नेता रविन नाथ सुदूरपश्चिम समाज दक्षिण कोरिया युवा तथा विद्याथी समन्वय विभाग प्रमुखमा चयन भएका छन ।
एमाले निकट अनेरास्ववियू कञ्चनपुरका पुर्व विद्यार्थी नेता नाथ सुदूरपश्चिम समाज दक्षिण कोरिया युवा तथा विद्याथी समन्वय विभाग प्रमुखमा चयन भएका हुन ।
अध्ययनका लागि केही महिना अघि दक्षिण कोरिया गएका विद्यार्थी नेता नाथलाई सुदूरपश्चिम समाज दक्षिण कोरिया युवा तथा विद्याथी समन्वय विभाग प्रमुखको जिम्मेबारी दिएको छ ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष दिल बहादुर मडै र महासचिव कृष्ण भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेको पत्रमा समाजको १७औँ कार्य समितिको नोभेम्बर १७ तारेखका दिन बसेको बैठकले युवा तथा विद्याथी समन्वय विभागको जिम्मेबारी दिएको हो । युवा तथा विद्याथी समन्वय विभाग प्रमुखको जिम्मेबारी पाएका रविन नाथले जिम्मेबारी अनुरुप नेपालबाट अध्ययन तथा रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका युवा विद्यार्थीको हकहितका साथै कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस