काठमाडौं असोज २३ ,चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई दिने नेपालको राजकीय भ्रमण गर्ने मिति सार्वजनिक गरिएको छ । भ्रमणको समय तालिका लगभग एकै समयमा चिनियाँ विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेका छन् ।

बुधबार चिनको परराष्ट्रमन्त्रालयको ब्लु हलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले ११–१३ अक्टोबरमा नेपाल र भारतको भ्रमण गर्ने घोषणा गरिन् ।परराष्ट्रमन्त्रालयको ब्लु हलमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रपति सीले शुक्रबारदेखि आइतबारसम्म भारत र नेपाल भ्रमण गर्ने प्रवक्ताले जनाइन् ।

राष्ट्रपति सी चिनफिङ भारतको तमिलनाडु राज्यको चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक बैठकमा सहभागी हुनेछन् भने नेपालको राजकीय भ्रमण गर्नेछन्’, चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवा चुनयीङले बताइन् ।यता नेपालको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ । सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ ।
करिब २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपाल सरकारले तयारीलाई तीब्र बनाएको छ । काठमाडौंका सडकहरु सिघाँरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरिएको छ । यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ ।

यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् ।तिब्बतीयन शरणार्थी, उइगुर मुस्लीम समुदाय, हङकङका विद्रोहीहरु, विप्लव नेतृत्वको नेकपा, मधेशकेन्द्रीत दलहरु र कतिपय शंकास्पद गतिविधि गरिरहेका मानवअधिकारवादी तथा राजनीतिक पार्टीका नेताहरुलाई सुरक्षा चुनौतीको रुपमा विश्लेषण गर्दै सीको भ्रमणको समयमा कुनै पनि किसिमको गतिविधि हुन नदिन सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको सुरक्षा स्रोतले दावी गरेको छ । भ्रमणको क्रममा दुरगामी महत्वका सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ ।मुल बाटो बाट

प्रतिक्रिया दिनुस