कञ्चनपुर, असोज २३ ,दार्चुला मार्मा गाउँपालिका–६ सेरीका दिनेश महराले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेका छन् ।
संचारकर्मी, क्यान कम्प्युटर महासंघ सदस्य समेत रहेका सिटी लिकका कम्प्युटर ईन्सिच्युट महेन्द्रनगरका म्यानेजर डाईरेक्टर महराले २४ औँ जन्मदिवसका अवसरमा भीमदत्त नगरपालिका–४ कञ्चनपुरमा रहेको महाकाली बाल अञ्चल अनाथालयमा बालबालिकालाई फलफुलका साथै दक्षिणा वितरण गरेका हुन् ।
महराले जन्मदिवसका अवसरमा फजुल खर्च गर्र्नुभन्दा अनाथ बालबालिकालाई फलफुल, मिठाई वितरण गर्नुका साथै नगद एक हजार दक्षिणा दिएको बताए । ‘फलफुल र मिठाई वितरण गरे, ‘महराले भने, ‘दशैँ, तिहार भएकाले दक्षिणा पनि दिए ।

सुप विश्वविद्यालयका भूतभूर्व विद्यार्थी समेत रहेका महरालाई जन्मदिनको चौतर्फि रुपमा साथीभाईले शुभकामना दिईरहेका छन् । महराका साथीभाई एव आफन्तले समेत उक्त कार्यको प्रसंसा गरेका छन् । महराका मामा पदम विष्टले भान्जाले जन्मदिनको अवसरमा गरेको समाजिक कार्य सराहनिय भएको बताएका छन् । विष्टले सबै युवाहरुले जन्मदिवसका अवसरमा यस्तै दिनदुखीहरुलाई सहयोग गरे समाजका रहेका दिनदुखीहरु सुखी हुने बताए ।

प्रतिक्रिया दिनुस