महेन्द्रनगरअसोज २३ बुधवार राति बेलैरीमा बिबाहित महिला संग यौनकाण्डमा पक्राउ परेका कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकास्थित मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी र उनिसंगै पक्राउ परेकी महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ ।

महिलाका परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई उनकै निवासमा आपत्तिजनक अवस्थामा भेटेपछि बुधवार राति प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।बिहिबार दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर चलान गरी हिरासतमा राखिएको छ ।

उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी दिनेश आचार्यले बताए ।

प्रतिक्रिया दिनुस