झलारी। शुक्लाफाँटा नगरपालिकाले राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको तयारी थालेको छ। सोमबार नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकसँग राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आयोजनाबारे छलफल गरिएको हो । नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा बसेको बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्नका लागि नगर शिक्षा समितिमा सिफारिस गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । उनका अनुसार पुस ७, ८, ९ र १० गते खेलाडी छनौट गरिसक्ने समेत गरिएको छ । यसैगरी, प्रतियोगितामा सहभागी हुने विद्यालयलाई सहभागिता शुल्क २ हजार ५ सय रुपैयाँ तोक्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुस