कञ्चनपुर । भन्सार कार्यालय छेउमै रहेको कञ्चनपुरको एक प्रहरी युनिटको सेट परिर्वतन गरिएको छ । जिल्लाको पश्चिम गड्डाचौकी नाकामा रहेका ईलाका प्रहरी कार्यालयको सेट परिर्वतन गरिएको हो । ईलाका प्रहरी कार्यालय गड्डाचौकीका्े सिङ्गै सेटलाई जिल्ला प्रहरी कार्यालय तानिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले जिल्लाले दिएको टास्क अनुरुप ईप्रका गड्डाचौकीले काम गर्न नसकेपछि जिल्ला तानिएको बताए । कञ्चनपुर प्रमुख प्रमुख थापाले नियमित प्रकृया अनुरुप इन्चार्जसहितका १६ जना प्रहरी जिल्ला तानिकएको बताए ।

एकै पटक इन्चार्ज सहित सिङ्गोटिम जिल्ला तानिएपछि उक्त युनिटका इन्चार्जमाथि नै थप आशंका गरिएको छ । भारतबाट सामान क्यारिङ गर्ने महिला तथा तस्करीमा संलग्न व्यक्तिहरुबाट अनुचित लाभ लिएको आरोपमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक(सई) दिग्गज ठकुराठीसहितका १६ प्रहरीलाई बुधबार राती नै जिल्ला तानिएको प्रहरी स्रोतको दावि छ ।

जिल्ला प्रहरी नेतृत्व एसपी थापाले पछिल्लो एक बर्षदेखि राजस्व चोरीछली नियन्त्रण गर्दै तस्कर समुह तह लगाईरहेका बेला ईप्रका गड्डाचौकी इन्चार्ज ठगुराठीले तस्करसमुहसंग साँठगाँठ गर्न खोजिएको भन्दै जिल्ला तानिएको दावि गरिएको छ ।

एसपी थापाले भारतबाट साइकलमा सामान ओसारपसार गर्ने महिला तथा अन्य व्यक्तिहरुबाट अनुचित लाभ लिएको गुनासोपछि अनुसन्धानका लागि इन्चार्जसहितको सिङ्गो टिमलाई नै जिल्ला तानिएको बताए । उनका अनुसार उनीहरुमाथि अनुचित लाभ लिए÷नलिएको विषयमा अनुसन्धान गरिने बताए ।

एसपी थापाले विगतदेखि नै इप्रकाका प्रहरीबारे गुनासा आइरहेको र सन्तोशजनक काम नदेएिको कारण पनि फेरिएको दाबी गरेका छन । ईप्रका गड्डाचौकीबाट सई ठगुराठी सहितको टिम जिल्ला झिकाएपछि उनको ठाँउमा बरिष्ठ सई महेन्द्रसिंह थापालाई इन्चार्जको जिम्मेवारीसहित १६ जना प्रहरीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी पठाइएको छ । यसरी कञ्चनपुर जिल्ला प्रहरीले एकै पटक इन्चार्ज सहित सिङगो प्रहरी टिम परिर्वतन गरेपछि प्रहरी नेतृत्वको कामकाज पारदर्शी भएको अर्थाईरहेका छन ।

प्रतिक्रिया दिनुस