कञ्चनपुर । नरेश पण्डित नेतृत्वको नेवि संघ समुहले कञ्चनपुरमा संगठन विस्तार गरेको छ । यस अघि जिल्ला अध्यक्ष मात्रै बनेका पण्डित समुहले संगठन विस्तार गरेको हो । नेवि संघ पण्डित समुहले जिल्ला पदाधिकारी तथा सदस्य विस्तार गरेको जनाएको छ ।

नेवि संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले २सय ३० सदस्यीय कार्य समिति विस्तार गरेको बताए । पण्डित समुहको नेवि संघमा पदाधिकारी एव सदस्य ठुलो बनाएको छ ।

उपाध्यक्ष अनिल बोहरा, किरण ठगुरी, सुरज भट्ट,गजेन्द्र प्रशाद उपाध्याय, सचिव विशाल विष्ट, पंकज भट्ट, निराजन भट्ट, शंकर ओझा, सह सचिवहरु तिलक पाण्डेय(रोहित),हिमान्सु सामन्त सन्देश भट्ट,भावना साउद, विवेक चटौत,जनक चन्द, डम्बरराज भट्ट,योगेश भट्ट, महेश खडका,पुष्प कुुँवर, कोषाध्यक्ष सुलोचना परियार सहितका सदस्य रहेका छन ।

नेवि संघ कञ्चनपुरका सभापति पण्डितले नेवि संघलाई जिल्लामा एकढिक्का बनाउँदै विद्यार्थीका समस्या उठान गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस