शित्तल भट्ट

कञ्चनपु्र । पर्यटकीय गन्तव्यको रुपमा परिचित जिल्लाकै दक्षिणी क्षेत्रमा रहेको शोभातालमा थप पूर्वाधार योजना अघि बढाईने भएका छन । बेलौरी नगरपालिका ५ रामनगरमा रहेको शोभातालको स्तर बृद्धिका लागि पालिकाले योजना अघि बढाउने भएको हो ।

यस अघि संघीय सरकारसंगको सहकार्यमा मुलगेट सहितका संरचना निर्माण गरिएको शोभातालमा थप पूर्वाधार योजना अघि बढाउने मेयर चौधरीको जानकारी दिएका छन । शुक्रबार नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको शोभातालमा आयोजित बैठक कार्यक्रममा बेलौरी नगरका मेयर पोतिलाल चौधरीले शोभातालमा थप पूर्वाधार योजना अघि बढाईने बताए ।

मेयर चौधरीले शोभातालमा थप स्वीमिङ्गपुल, बोेटिङ्गका लागि पोखरी निर्माण, पानीका लागि डिप टुबेल, पर्खाल, पहुँच मार्ग सहितका थप आकर्षित योजना ल्याएर कार्यक्रम अघि बढाउने बताए ।

बेलौरी नगरकै बन्दातालमा समेत पर्यटकीय गन्तव्य बनाउन ९ करोड बजेट आएको डिपिआर बनाएर थप अघि बढाउने मेयर चौधरीले बताए ।

‘बेलौरी नगरपालिका भित्र जतिपनि पूर्वाधार छन, ति सबैको सम्भाव्यता अध्ययन गरेर सोही अनुरुप संरचना निर्माण गछौँ, ‘मेयर चौधरीले भने, ‘बेलौरीलाई पर्यटकीय नगरीबाट समेत अघि बढाईरहेका छौँ ।’

शोभातालमा झण्डै २करोड ३०लाख बजेट आएको बताए ।

बेलौरी चौधरीले बेलौरीले पूर्वाधार तर्फ फड्को मारेको बताउँदै सबै वडाहरुमा कालोपत्रे सडक विस्तार भएको बताए । कृषिको हबकै रुपमा रहेको बेलौरी थप कृषिलाई आधुनिकीकरण बनाउने योजना रहेको बताए । बेलौरीलाई पुर्व धनगढी, पश्चिम महेन्द्रनगर सहितका शहर एव पालिका जोड्नका लागि हुलाकी राजमार्ग, बेलौरी–कलुवापुर मार्ग विस्तारमा ढिलाई भईरहेकोप्रति सरोकारवालाको ध्यानाकर्षण गराएका छन । मेयर चौधरीले आफुले ०७४ पहिलो कार्यकालदेखि नै बेलौरी भन्सारको स्तरोन्नतीदेखि खुलाउन पहल गरिरहेको बताए ।

बेलौरीको पर्यटकीय नगर सहित विकास निर्माण समस्या, किसानका आधारभूत समस्या संचार माध्यमबाट उठान गरिदिन मेयर चौधरीले आग्रह गरेका छन । मेयर चौधरीले रचनात्मक रुपमा बेलौरीका मुद्दा उठानमा समेत आब्हान गरेका छन ।

कार्यक्रममा बेलौरी नपा ५का वडाध्यक्ष लाल बहादुर चौधरीले शोभातालमा थप बाह्य पर्यटकको आकर्षणको गन्तव्य बनाउन वडा र पालिका लागि परेको बताउँदै तालबारे संचार माध्यमले प्रचार प्रचार गरिदिनुपर्नेमा जोडदिए । पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले बैठकबाट बेलौरीको शोभाताल सहितका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै प्रर्बद्धन गर्ने निर्णय गरिएको बताए । ‘पत्रकार महासंघ जिल्लाको बैठक हरेक पालिकामा घुम्ती अनुरुप बस्ने भएकाले यस पटक हामी नगरकै ऐतिहासिक पर्यटकीय स्थानमा बसेर महत्वपूर्ण निर्णय गरेका छौँ, ‘सचिव अवस्थीले भने, ‘महासंघको पालिका अनुरुप फरक फरक बैठकबाट पालिका समस्या र सम्भावना बारे मुद्दा उठान गर्दै आएका छौँ ।’ बैठकले पत्रकार बिमल धामीले उठान गर्दै आएका विषयमा केही व्यक्तिहरुले अस्वभाविक टिकाटिप्पणी एव मानसिक रुपमा दिईरहेको टर्चर बारे गम्भिर ध्यानाकर्षण भएको जनाउँदै समाचारमा असहमती भए सम्बन्धीत संचार माध्यम वा कानुनी उपचारमा जान आब्हान गरेको छ । भने, अर्का पत्रकार भूपि उपाध्यायको उपचारका लागि खर्च जुटाउने निर्णय भएको छ ।

पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामीको अध्यक्षतामा बसेको बैठक तथा छलफलमा बेलौरी नगरका मेयर प्रमुख अथिति रहेका थिए । बेलौरी नपा ०५ का वडाध्यक्ष लाल बहादुर चौधरी, संरक्षणकर्मी एव माओवादी नेतृ दिपा चौधरी, बेलौरी नगरका कर्मचारी अशोक पाण्डेय, बैठकमा पत्रकार महासंघ सुप प्रदेशका महासचिव रामसिह ठगुन्नाका निर्वतमान अध्यक्ष विष्णू दत्त अवस्थी, पुर्व अध्यक्ष लक्ष्मण तिवारी, सल्लाहकार सुरेश धामी, उपाध्यक्ष भवानी भट्ट, सचिव राजेन्द्र प्रसाद अवस्थी, सह सचिवद्वय धुव्रराज अवस्थी, पहिलाद राना सहितका पत्रकार महासंघका पुर्व पत्रकार सदस्यको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुस