आदित्य जोशी 

कञ्चनपुरका पत्रकार राजेन्द्र विष्ट पुरस्कृत भएका छन । टिभी टुडे सुदूरपश्चिमका समाचार संयोजक समेत रहेका पत्रकार विष्ट पुरस्कृत भएका छन । पत्रकार विष्टलाई उदयदेव बहुदउेश्यीय सहकारी संस्थाले सम्मान एव नगद पुरस्कृत गरेको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको सहकारीको २५औँ बार्षिकोत्सवका अवसरमा पत्रकार विष्टलाई सम्मान गरिएको हो । पत्रकार विष्टले सहकारी क्षेत्रको बृद्धि विकासमा संचार माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको सहकारीले जनाएको छ ।

पत्रकार विष्टलाई भौतिक पूर्वाधार विकासमन्त्री प्रकास देउवाले दोसल्ला ओढाउँदै प्रमाण पत्रका साथै नगद पुरस्कार हस्तान्तरण गरेका छन । प्रेस सेन्टर नेपाल कञ्चनपुरका नेता समेत रहेका विष्ट दशकदेखि पत्रकारितामा सकृय रहेका छन । उनले विपन्न ग्रामिण भेगदेखि पहुँच नहुने क्षेत्रवर्गका आवाज उठान गर्दै आएका छन । उनले पुरस्कार सम्मानबाट दैनिक कार्य क्षेत्रमा थप उर्जा थपिदिएको अनुभव व्यक्त गरेका छन

प्रतिक्रिया दिनुस