विकास सिह महता 

कञ्चनपुर । कञ्चनपु्रको कृष्णपुरका किसानलाई कृषि उपकरण सहयोग गरिएको छ । कृष्णपुर नगरपालिका २नम्बर वडा कार्यालयले स्थानीय किसानलाई कृषि उपकरण सहयोग गरेको हो ।

स्थानीय किसानलाई व्यवसायिक कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषि समाग्री सहयोग गरिएको जनाएको छ । कृष्णपुर २ नम्बर वडा र दिपेन्द्र स्मृति सामुदायिक वनले संयुक्त रुपमा ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिएको हो ।

शनिबार किसानलाई कृषि समाग्री हस्तान्तरण गर्दै कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले स्थानीय किसानलाई व्यवसायिक कृषि कामकाज सहजताका लागि कृषि समाग्री सहयोग गरिएको बताए । उनका अनुसार वडाले सामुदायिक वनसंगको सहकार्यमा समाग्री वितरण गरिएको छ । वडाध्यक्ष अध्यक्ष साउदले भावि दिनमा समेत किसानलाई कृषि समाग्रीदेखिका कार्यक्रम संचालन गर्ने बताए । स्थानीय किसानले अनुदानमा पाईएको कृषि समाग्रीबाट व्यवसायिक कृषि कामकाजका लागि सहज हुने बताएका

छन ।

प्रतिक्रिया दिनुस