बेलडाँडी । बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले जनता आफुलाई विकास प्रेमी हो भन्नलान भनेर अर्को नाटक शुरु गरेकी छिन् ।

केहि दिन पहिला आफ्नो व्याक्तिगत कामले संघिय राजधानी सिंहदरवार पुगेकी नाथले बेलडाँडीका सोझासाझा जनतालाई उल्लु बनाउन अर्को नाटक रचेकी छिन् । पालिकाको लेटर प्याडमा बेलडाँडीका विभिन्न समस्या रहेको देखाउदै विभिन्न मन्त्रालयमा अपुरो पत्र पठाउने गरेको उनको फेसबुक निजिसचिवालयमा पोष्ट भएका पत्रद्धारा स्पष्ट हुन्छ ।

उनले हिजो मात्र बन तथा वातावरण मन्त्रालयमा बेलडाँडीमा बसोबास गर्दै आएका आरक्षपिडितलाई उचित व्यवस्थापन गरिदिन गाउँपालिकाको लेटर प्याड प्रयोग गर्दै माग गरेको पत्र आफैले सार्वजनिक गरेका छन् । उक्त पत्रमा कार्यालयको छाप छ तर पालिकाबाट गएको पत्रमा चलानी हुनुपर्छ त्यो चलानी नभएको नक्कली पत्र बनाई जनतालाई झुक्याउन माग गरे जस्तो नाटक गरेका छन् ।

आरक्ष विस्थापितहरूको समस्या समाधानका लागि गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीशको अध्यक्षतामा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय अनुसार पूर्व न्यायाधीश राजेन्द्र सुवेदीको अध्यक्षतामा आयोग बनिसकेर काम गर्ने तयारी रहेका बेला बेलडाँडी गाउँपालिकाको विना जानकारीमा यस्तो नक्कली पत्र मन्त्रालयमा पेश भएको खवर सुन्दा पालिकाले दुःख व्यक्त गरेको छ ।

पालिका प्रमुख हरिशचन्द्र रानाका अनुसार यो के भइरहेको छ आफुलाई कुनै थाहाँ नभएको बताए । फेसबुकहरुमा पोष्ट हुन थालेपछि आफुले थाहाँ पाएको उनले जनाए । कुनै पनि ठाउँमा पत्राचार गर्दा पालिकालाई जानकारी गराएर अर्थात चलानी सहितको पत्र पठाउनु पर्ने हुन्छ तर उक्त समस्या समाधानका लागि आयोग बनिसकेकाले आयोगलाई उक्त विषयको जानकारी गराउनु ठिक हुने थियो । तर यो किन के का लागि भइरहेको छ यस विषयमा आफुले थप बुझ्ने प्रमुख रानाले बताए ।

यस्तै बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारुका अनुसार आफु हाजिर भए यता देखि संघिय मन्त्रालयमा कुनै पत्राचार नगरेको बताए । स्थानीयका अनुसार पालिकाको लेटर प्याड कसैले पनि दुरुपयोग नर्गनु पर्ने बताउदै पालिकाको कामले संघिय राजधानी गएको हुँ भनेर भत्ता खानको लागि यस्तो रणनिति उपाध्यक्षले अपनाएको हुन सक्ने बताए । यस विषयमा पालिका उपाध्यक्ष शान्ती नाथलाई कल गरेर बुझ्न खोज्दा उनको फोन उठेन ।

प्रतिक्रिया दिनुस