कञ्चनपुर । कञ्चनपुरको एक सहकारी संस्थाले फेरी बचतकर्ताहरुलाई ठगेको पाईएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगमा रहेको समावेसी बहुउदेश्यीय सहकारी संस्थाले बचतकर्ताहरुलाई ठगेको पाईएको हो ।

विभिन्न आकर्षण सेवा देखाएर बचत गर्न लगाएर सहकारीले ग्राहकले बचत रकम फिर्ता मागेपनि फिर्ता नदिएको भन्दै बचतकर्ता कहिले प्रहरी त कहिले मिडियामा पुगेका छन । सहकारीले गरेको बचत रकम फिर्ता दिन आलटाल गरेपछि आफुहरु ठगिएको बचतकर्ताले बताएका छन ।

बचत फिर्ता माग्न थालेपछि तीन महिनादेखि कार्यालय बन्द गरेपछि सयौँ बचतकर्ता झन विचल्लीमा परेका छन । १६ असोजसम्म उक्त सहकारीमा बचत गर्दै आएकाी कमला डाँगाले आफु सहित अन्य बचतकर्तालाई सहकारीले ठगेको बताईन । ‘मैले असोज महिना बचत रकम फिर्ताका लागि २० हजारको चेक काटेको थिए, तर दिएन, ‘उनले भनिन, ‘दोस्रो पटक जाँदा सहकारी कार्यालय नै बन्द भएको रहेछ ।’ सहकारीका पदाधिकारी कर्मचारीसंग बचत रकम फिर्ताका लागि माग गर्दा भोलीपर्सी भन्दै टारिरहेको बताए । ‘कस्मेटिक पसलबाट केही नाफा भएको रकम मैले दुई छोरा र आफ्नो नाममा नियमित बचत गर्दै आएको थिए, तर आज आएर सहकारीले नै यसरी ठगिदियो ।’ उनले आफ्नो ७० हजार रुपैया सहकारीमा बचत रहेको बताए । ‘हामीलाई ब्याज होईन साँवा पनि फिर्ता दिनुप¥यो, ‘उनले भनिन, ‘आफ्नै पैशा निकाल्न पनि यसरी हामी ठगिए ।’

भीमदत्त नगरपालिका १८महेन्द्रनगरकी पुष्पादेवी धामीले आफ्नो २लाख २५ हजार बचत रहेको बताईन । ‘मेरो किराना पसल छ, विभिन्न शिर्षकमा मैलेपनि नियमित घरपरिवारका नाममा रकम बचत गरेको थिए, फिर्ता माग्न जाँदा अहिलेसम्म फिर्ता दिएको छैन, ‘उनले भने, ‘आफ्नै रकम फिर्ता मागेको तीन महिना वितिसक्यो, तर पनि फिर्ता गरेका छैन ।’ भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा कस्मेटिक पसलका संचालक पुष्पराज जोशीले पनि आफुले पनि साढे १७ हजार रकम बचत गरेको तर फिर्ता नदिएको बताए । ‘बचत रकम फिर्ताका लागि पटक पटक सहकारीको कार्यालयमा गए तर दिएनन, पछि कार्यालय बन्द गरेर कर्मचारी र पदाधिकारी सम्पर्क बिहिन भएका छन ।’ यसरी सहकारीबाट आफुहरु ठगिएपछी समस्यामा परेको बताए ।

बचतकर्ताहरुले सहकारीमा जम्मा भएको रकम पदाधिकारीले दुरुपयोग गरेपछि आफुहरु विचल्लीमा परेको आरोप लगाएका छन । सहकारीका केही जिम्मेबार पदाधिकारीहरुले शुक्रपथ, भूगोल सहितका अन्यन्त्र सहकारीमा लगानी गरेपछि समस्यामा परेको बताएका छन । बचतकर्ताहरुले रकम फिर्ता नभए सहकारी बिरुद्धमा कानुनी तथा भौतिक रुपमै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

सहकारीमा काम गर्दै आएका एक बजारप्रतिनिधीले पदाधिकारीले रकम दुरुपयोग गरेपछि बचतकर्ता ठगिएको बताए । उनले संकलन भएको रकम पदाधिकारीले आफु अनुकुल खर्चदेखि लगानी गरेपछि अशुली नभएको बताए । सहकारीमा कार्यरत ७ कर्मचारीले ७ महिनादेखि पारिश्रमिक समेत नपाएको दुखेसो पोखेका छन ।

तर, सहकारीले भने बचतकर्ताको रकम फिर्ता हुने जनाएको छ । सहकारीका सचिव अरुन विष्टले बचतकर्ताहरुलाई तीन महिनाको समय मागेको र सबैको फिर्ता हुने बताए । ‘हामी पदाधिकारीले कुनैपनि बचतकर्ता र शेयरधनीको रकम ठग्ने कुरै भएन, ‘उनले भने, ‘कतिपयको फिर्ता गरिसकेका छौँ, बाँकीको १५पुषभित्रै फिर्ता गर्ने तयारीमा छौँ ।’ सचिव विष्टले २करोड ४९लाख बजारमा रहेको र २करोड ५०लाख दिनुपर्ने बताए । ‘कुनैपनि बचतकर्ताको रकम डुब्दैन, केहीपनि हामी ठग्दैनौँ, ‘उनले भने, ‘सबैको फिर्ता हुन्छ, लगाएको ऋण अशुल हुन बाँकीछ ।’ बचत फिर्ता नभएको भन्दैमा ठगिएको जस्ता गुनासो नराख्न समेत उनले अनुरोध गरेका छन । बजारमा लगाएको ऋण अशुली नहुँदा समस्या भएको उनको भनाई छ । उक्त सहकारीमा झण्डै १६सय हाराहारीमा शेयर तथा बचतकर्ता रहेका छन । झक्तपुर केन्द्रीय कार्यालय भई कञ्चनपुरका तीन स्थान(महेन्द्रनगर,बेलौरी, पुनर्वास)मा शाखा कार्यालय रहेको शिवशिखबर बहुउदेश्यीय सहकारी संस्थाले जिल्लामा रहेका झण्डै साढे तीन बजार बढि बचतकर्ताको ३२ करोड रकम ठगि प्रकरणपछि समावेसीको ठगि प्रकरण बाहिरिएपछि बचतकर्ता झन चिन्तित भएका छन । अहिले चितवनको साहरा,पोखराको सुर्यदशन सहितका सहकारी ठगि धन्दामा सकृय भएर हजारौँलाई ठग्दै गएपछि पछिल्ला दिनहरुमा सहकारीप्रति जनताको जनश्विश्वास गुम्दै गएको छ ।

प्रतिक्रिया दिनुस