प्रकास भट्ट 

कञ्चनपुर । निर्वतमान सभामुख अग्नी प्रशाद सापकोटाले भ्रष्टाचार बिरुद्धको अभियानले निरन्तरता पाउनुपर्नेमा जोडदिएका छन । प्रेस सेन्टर नेपाल सुप प्रदेश कमिटिले बुधबार कञ्चनपुरको कृष्णपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्वतमान सभामुख सापकोटाले भ्रष्टाचार बिरुद्धको अभियान निरन्तर जारी राख्नुपर्नेमा जोडदिएका हुन ।

निर्वतमान सभामुख सापकोटाले भ्रष्टाचारकै कारण सुशासन र विकासमा बाधा उत्पन्न भएकाले सरकारले भ्रष्टाचार बिरुद्धको अभियान फेरी संचालन गर्नुपर्नेमा सुझाव समेत दिएका छन ।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका सापकोटाले वर्तमान माओवादी नेतृत्वमा सरकारले यस अघि संचालन गरेको भ्रष्टाचार बिरोधी अभियानबाट भ्रष्टाचारहरु त्रसित भएको बताए ।

‘वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवासदेखि सुनकाण्डमा मुछिएका संलग्न व्यक्तिमाथि भटाभट कार्बाही गरेको छ, ‘उनले भने, ‘जनपक्षिय काम गर्दा जनताको समेत साथसर्मथन बढिरहेको छ ।’ सरकारले अघि सारेको अभियानबाट त्रसित भएको गिरोहले विभिन्न बहानामा सरकार र व्यवस्था बिरुद्धमा अभिव्यक्ति दिईरहेको समेत बताए ।

वर्तमान सरकारले छिमेकी भारत, चिन सहितका अन्य मुलुकसंग संयुक्त सम्बन्ध विस्तार गरेको समेत बताए । ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अनपूर्ण बेस क्याम्पदेखि अन्र्तराष्ट्रिय मञ्चहरुमा संयुक्त छलफल गरेका छन, ‘यो नेपालकै लागि सुखद र महत्वपूर्ण पक्ष हो ।’

निर्वतमान सभामुख सापकोटाले शान्ति प्रकृयाका बाँकी कार्यभार पुरा गरेर मुलुकलाई सम्बृद्धिकै बाटोमा लग्नुपर्ने बताए । समाजवादी मोर्चाले समाजवाद सहितका विशिष्ठकृत उपलब्धीका लागि निर्माण भएको बताउँदै उनले समाजवादी मोर्चा दुतगतिमा अघि बढ्ने बताए । निर्वतमान सभामुख सापकोटाले समाजवाद, समाजिक न्याय, सम्बृद्धिका लागि संचारकर्मीको भूमिका रहने समेत बताए ।

प्रतिक्रिया दिनुस