अरुण भट्ट

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत बिहिबार झलारीमा निर्वाचन क्षेत्र नं. २ स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न् भएको छ । तिन महिने अभियानको विषयमा समिक्षा तथा प्रशिक्षण सहित भएको राजनितीक, वैचारीक प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज विरमान चौधरी लगायतका नेताहरुले प्रशिक्षण दिनुभएको छ ।

अभियानले पार्टीका थुर्पै क्षेत्रमा विभिन्न उपलब्धिहरु हासिल गरेको बताउदै ईन्र्जाज चौधरीले थप कार्यक्रम सहित अभियाका विभिन्न कार्यक्रमहरु संचालन गरिने जानकारी दिनुभयो । अभियानले पार्टीलाई बलियो र थप संगठित बनाएको बतानुभयो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरको आयोजनामा जिल्लाका तिन ओटै निर्वाचन क्षेत्रमा संचालन भैरहेको समिक्षा सहितको प्रशिक्षण कार्यक्रम चलिरहेको माओवादी जिल्ला पार्टीले बताएको छ ।

शुक्लाफाँटा नगरपालिकाको झलारीमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेप बहादुर चौधरी, कैलाली ईन्चार्ज तथा केन्द्रिय सदस्य टेकेन्द्र भट्ट लगायतका नेताहरुले सम्बोधन गर्नु भएको छ । निर्वाचन क्षेत्र स्तरिय कार्यक्रममा माओवादी केन्द्रका निर्वाचन क्षेत्र नं. २ का वडा तथा पालिका स्तरका पार्टी कमिटि पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तिन महिने अभियानलाई थप शसक्त बनाउन एक महिना थप गरिएको छ । भदौ १६ गते शनिबार पार्टी कार्यलय पेरिसडाडाँबाट देशै भरीका पालिकाहरुमा जम्मा भएका कार्यकर्ता तथा जनताहरुलाई सम्बोधान गर्दै पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।

जनता संग माओवादी विशेष रुपान्तरण अभियानको पौष १६ गते जिल्लाका सबै पालिकाहरुमा समिक्षात्म कार्यक्रम गरिने तयारी गरिएको माओवादी कञ्चपुरका संयोजक खेमराज पाण्डेयले जानकारी दिनुभयो । पौष १८ र १९ गते जिल्ला स्तरिय कार्यक्रम कृष्णपुरमा विषेश समिक्षा र प्रशिक्षण सहित अभियानको समापन गरिने जिल्ला पार्टीले जानकारी दिएको छ । पहिलो चरणको कार्यक्रमहरु अन्तरगत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको माओवादीले यस अभियानबाट देशै भरीका आठ लाख पार्टी सदस्यहरुको परिचालन गर्दै २५ लाख बढी जनताहरु संग पुग्ने उद्देश्य राखेको थियो । कार्यक्रममा केन्द्रिय सदस्य तथा शुक्फाँटा नगर ईन्चार्ज सरु चौधरी, माओवादी नेता तथा परिवार प्रतिनिधि खड्क साउद लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुस