कञ्चनपुर । पछिल्ला दिनहरुमा मावन र वन्यजन्तुविच द्वन्द्व बढिरहेका बेला न्यूनिकरणका लागि सुदूरपश्चिमका संरक्षणकर्मीलाई तालिम दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएसी)ले सुदूरका संरक्षणकर्मीलाई तालिम दिन लागेको हो । राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मीराज जोशीले सुदूरपश्चिम प्रदेशको उच्च पहाडी क्षेत्रमा बाघ सरक्षणका लागि समुदायका सरक्षणकर्मीलाई तालिम दिन लागेको बताए ।

उनका अनुसार कञ्चनपुर सहित दार्चुला, बैतडी, डडेल्धुरा र डोटीका २५ जना संरक्षणकर्मीलाई तालिम दिन लागेको बताए । मानव–वन्यजन्तु सहअस्थित्व विकासका लागि प्रशिक्षकका लागि प्रशिक्षण तालिम आयोजना गरिएको उनले बताए ।

बिहीबारदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एनटिएनसीमा तालिम शुरु गरिएको छ । एनटिएनसीका प्रमुख जोशीले तराईमा बाघ र पहाडी जिल्लाहरुमा चितुवाले मानवमाथि आक्र्मण गरिएको अवस्थामा समुदायका सरक्षणकर्मीलाई तालिम लिएर उनीहरुले समुदाय स्तरमा अभिमुखिकरण गराउने बताए । सरक्षणमा समुदायको महत्वपूर्ण भूमिका हुने भन्दै तालिम दिन लागेको बताए । बन्यजन्तुले मानवमाथि आक्र्मण गर्दा मानव समुदायको बन्यजन्तुप्रति बढिरहेको मनोविज्ञानले भावि दिनमा बन्यजन्तु सरक्षणमा चुनौती थपिने भएकाले समुदायको सरक्षणमा अग्रसर गराउन उक्त तालिमको उदेश्य रहेको छ ।

तालिमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव हेमराज विष्टले मानव र बन्यजन्तुविचद्वन्द्व बढिरहेका बेला उक्त तालिमबाट मानव र बन्यजन्तुको अस्थित्वबारे जानकारी हुने बताए । ‘मानवबस्ती विस्तार भईरहेको छ, ‘उनले भने, ‘बस्तीविस्तारसंगै बन्यजन्तुहरुको बासस्थान समेत खुम्चिएको छ, त्यसैले अहिले मानव–वन्यजन्तुविचद्वन्द्व बढिरहेको छ, यो द्वन्द्व घटाउन सामुदायमा रहेका सरक्षणकर्मीको भूमिका हुन्छ ।’

बनको क्षेत्रफल घटिरहेका बेला मानव बस्ती विस्तारले दुवैको अस्थित्व संकटमा परेका बेला तालिम मध्यमार्गी बन्ने निमित्त सचिव विष्टको भनाई छ । सरक्षणका कार्यमा मानव समुदाय सचेत हुनुपर्ने उनको जोडथियो । मुख्य प्रशिक्षक नर बहादुर साउदले तालिम सैद्धान्तिकका साथै क्षमता अभिबृद्धि गर्ने विषयबस्तु बारे सिकाईने बताए । विभिन्न विज्ञ तथा जानकार क्षेत्रबाट तालिम दिईनेछ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत प्रमोद भट्टराईले बन्यजन्तुको बासस्थान खुम्चिदा द्वन्द्वबढिरहेको बताउँदै न्यूनिकरणका लागि समुदाय अग्रसरदेखि सचेत हुनुपर्नेमा जोडदिए । तराई, पहाड क्षेत्रका अगुवा सरक्षणकर्मीलाई दिईने उक्त तालिम सात दिनसम्म संचालन हु

ने छ ।

प्रतिक्रिया दिनुस