काठमाडौं पुस २४। सरकारले दुईपक्षीय संझौतामा हस्ताक्षर गरेर गंभीर प्रकारको राष्ट्रघाति संझौता गरेको भन्दै अन्तर्राष्ट्रिय लेखक पत्रकार संगठनले बिरोध गरेका छन । एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्ड सरकारले सिधै करोडको लगानी गर्न पाउने र प्रोजेक्ट तथा योजनाहरु समेत आफैंले छनौट गरेर लगानी भित्र्याउन पाउने गरि  अपराधपूर्ण तरिकाले भारतीय विस्तारवादी सरकारसंग हालै  दुईपक्षीय संझौतामा हस्ताक्षर गरेर गंभीर प्रकारको राष्ट्रघाति संझौता गरेर नेपाल राष्ट्र र नेपाली जनताप्रति अक्षाम्य घात गरेको परिघटनाले विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकार केन्द्रले बिरोध गरेका हुन्।

यस्तो छ प्रेस विज्ञप्ती जस्ताको तस्तै हेर्नुहोस।

पुष्पकमल दाहाल ” प्रचण्डको नेतृत्वको  साम्राज्यवादी तथा विस्तारवादीहरुको दलाल सरकारले  भारतीय विस्तारवादी सरकारले सिधै २० करोडको लगानी गर्न पाउने र प्रोजेक्ट तथा योजनाहरु समेत आफैंले छनौट गरेर लगानी भित्र्याउन पाउने गरि  अपराधपूर्ण तरिकाले भारतीय विस्तारवादी सरकारसंग हालै  दुईपक्षीय संझौतामा हस्ताक्षर गरेर गंभीर प्रकारको राष्ट्रघाति संझौता गरेर नेपाल राष्ट्र र नेपाली जनताप्रति अक्षाम्य घात गरेको परिघटनाले विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकार केन्द्रको ध्यान आकृष्ट भएको छ । यसलाई हाम्रो संगठनले नेपाली जनताको राष्ट्रियता , राष्ट्रिय स्वाधीनता , राष्ट्रिय अखण्डता र सार्वभकतामथि सोझै बलत्कार गरेको ठहर गरेको छ ।

    हाम्रो संगठनले नेपालका जनघाति तथा राष्ट्र दलाल शासकहरुले भारतीय विस्तारवादी शासकहरुसित गरिए का सन १८१६ को राष्ट्रघाति तथा जनघाति सुगौली सन्धि ,  सन १९५० राष्ट्रघाति संझौता , कोसी , गण्डकी , महाकाली लगायतका नदी – नाला र जलविद्युत क्षेत्रमा गरिएका सम्पूर्ण राष्ट्रघाति तथा जनघाति सन्धि सम्झौताहरु बिनासर्त तुरुन्त खारेज गरि दुबै राष्ट्रलाई हित र लाभ हुने गरि नयाँ आधारमा नयाँ समझदारी कायम आग्रह गर्दछ । नेपाल स्थित भारतीय दूतावास मार्फत् सिधै २० करोड रकमबाँड्ने जुन षड्यन्त्रपूर्ण ढंगले संझौता गरिएको छ , यो भारतीय विस्तारवादी शासकहरुको नेपाल र नेपाली  जनताको राष्ट्रिय स्वाधीनता , राष्ट्रिय सार्वभौमिक्ता , राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानका विरुद्धको मन्दविष हो । यसप्रकारको गंभीर अवस्थामा स्वाभिमानी देशभक्त नेपाली जनता , सम्पूर्ण देशभक्त जनवादी तथा प्रगतिशिल शक्तिहरु र क्रान्तिकारी कम्युनिस्टहरू एकजुट भएर नेपालका राष्ट्रघाति , जनघाति तथा दलाल सरकारका विरुद्ध खडा भई राष्ट्रघाति सुगौली सन्धि , सन १९५०् को असमान तथा राष्ट्रघाति संझौता लगायत सम्पूर्ण राष्ट्रघाति , जनघाति संझौताहरु बिनासर्त तुरुन्तै खारेज गराउन राष्ट्रिय स्वाधीनता निम्ति संयुक्त जनआन्दोलनको ( सुनामी ) आँधी – बेरी सिर्जना गर्न हार्दिक अनुरोध र आग्रह गर्दछ र हाम्रो संगठन नेपाली जनता र नेपाल राष्ट्रको यस प्रकारको राष्ट्रिय स्वाधीनता प्राप्तिको लडाइँमा अग्रपंक्तिमा रहेर  बोल्ने , लेख्ने , प्रचारप्रसार गर्ने लगायत सम्पूर्ण समस्याहरुमा एकताबध्द भएर अगाडि बढ्ने वचनबध्ता जाहेर गर्दछ।
                  क्रान्तिकारी अभिवादन सहित ।
मिति : २३ पुस २०८०
     ( ८ जनवरी २०२३ )
                                      ( हस्त बहादुर केसी )
प्रतिक्रिया दिनुस