कृष्ण नेपाली

कञ्चनपुरको भीमदत्त नगरपालिका–०५ मा रहेको महिला तथा बृद्ध सेवा केन्द्र समस्यामा परेको छ । चिसोयाम बढेसंगै बृद्धबृद्धामा देखिएका समस्याका कारण बृद्ध सेवा समस्यामा परेको हो ।

वि.सं. २०६३ साल देखि बृद्धबृद्धा अनाथ, अपाङ्ग, यौन हिंसा पिडीत बालबालिकाको सहारा बन्दै आएको बृद्ध सेवा केन्द्र स्थानीय, प्रदेश र संघीय अनुदान कटौतीका कारण खाद्यान्न लगायतका सामान अभाव परेको महिला तथा बृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा देवी चन्दले बताए ।

विगत ७ बर्ष देखि स्थानीय तहको अनुदान कटौतीका कारण बृद्ध सेवा केन्द्रले चरम अन्न अभाव भोगेको बताईन । स्थानीय तहले यस सेवा केन्द्रलाई केही सहयोग नगरेको अवस्थामा दुःख पोखिन ।

प्रदेश र संघीय सरकारले विगत २ बर्ष देखि दिदै आएको अनुदान समेत कटौती भएकाले बृद्धाश्रम केन्द्रमा खाद्यान्न संकट भएको हो । बृद्धाश्रम केन्द्र यहाँका स्थानीय कर्मचारी, व्यापारी, व्यक्तिदाता र मुठीदान गर्ने व्यक्तिको सहयोगले चलाउदै आएको गुनासो पोखिन ।

अध्यक्ष चन्दले महेन्द्रनगरको सरदमुकाममा रहेको सो बृद्ध सेवा केन्द्रमा स्थानीय तहले कुनै पनि चाँसो नदेखाएकाले सम्बन्धित व्यक्ति संघ÷संस्थासंग हार गुहार गरेकी छिन् । झण्डै ४ जना बृद्धबृद्धाबाट सेवा दिदै आएको यस सेवा केन्द्रमा हाल ६५ जना रहेका छन ।

जसमा बृद्ध १५, बृद्धा ४०, बालबालिका ०४, घरेलु हिंसा पिडित महिला ८ जना रहेका छन् । सुस्त मनस्थिति, अपाङ्गता र बिर्सने रोगका बिरामीहरु यस केन्द्रमा रहेकाले औषधोपचार गर्न समेत धौधौ परेको बताईन ।

हालसम्म सो बृद्ध सेवा केन्द्रले सय भन्दाबढि बृद्धबृद्धाको दाहसंस्कार गरेको छ । महिला तथा बृद्ध सेवा केन्द्रका अध्यक्ष चन्दले स्थानीय, प्रदेश, र संघ सरकारलाई सहयोगका लागि आह्वान गरेका हुन ।

प्रतिक्रिया दिनुस