सित्तल भट्ट

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले अतिक्रमित सरकारी जमिन खाली गराएको छ । लामो समयदेखि बेलौरी नगरपालिकाले अतिक्रमण गरेको सरकारी जमिन खाली गराएको हो ।

शुक्रबार बेलौरी नगरपालिका १ बन्दाताल स्थित सानो बन्दाताल क्षेत्रमा अतिक्रमित गरिएको सरकारी जमिन खाली गराउन पालिका सरकारले डोजर चलाएको छ ।

स्थानीय सरकारले पटक पटक अतिक्रमित सरकारी जमिन खाली गराउन सुचना एव आग्रह गर्दा नमानेपछि अन्तिममा आएर डोजर नै प्रयोग गरेर खाली गराएको बेलौरी नगरपालिकाले जनाएको छ । सानो बन्दाताल क्षेत्रमा केही स्थानीयले अतिक्रमण गरेको जमिन खाली गराएको हो । बेलौरी नगरका प्रवक्ता हर्क भुलले नगर प्रमुख पोतिलाल चौधरीको नेतृत्वमा सरकारी जमिन खाली गराईएको बताए ।

प्रवक्ता भुलका अनुसार सानो बन्दतालको नाममा रहेको किता ३८६ सरकारी जमिन अतिक्रमण गरेर घर, टहरा, संरचना एव निर्माण गरिएको पोखरी अन्नबाली लगाएको क्षेत्र हटाएको बताए । ‘हामीले ४ विगाह १४ कट्टा क्षेत्रफलमा निर्माण भएका घर टहरा, बालीनाली, माछा पोखरी हटाएका छौँ, ‘उनले भने, ‘अतिक्रमण क्षेत्र खाली गराएर उक्त क्षेत्रमा घेरबार गरेका छौँ ।’ विगतदेखि सरकारी जमिन अतिक्रमण हटाउन आग्रह गर्दा समेत नपानेपछि पालिका सरकारले फिल्डमै गएर सुरक्षा निकायसंगको समन्वयम हटाएको छ । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले नगर क्षेत्रमा रहेको सरकारी तथा सार्वजनिक जमिनको रेखदेख एव संरक्षण गर्ने दायित्व अनुरुप अतिक्रमित क्षेत्र खाली गराएको बताए । मेयर चौधरीले सरोकारवाला निकायसंगको समन्वयमा पालिकाले सरकारी जमिन सरक्षण गरेको बताए । यस अघि पनि बेलौरी नगरपालिकाले ५ नम्बर वडामा सरकारी सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन डोजर प्रयोग गरेर हटाएको थियो । ठिक त्यही एक्सनमा अहिले नगरपालिकाले १ नम्बर वडामा रहेको ठुलो परिमाणको अतिक्रमित जमिन खाली गराएको छ । यसरी बेलौरी नगरका मेयर अतिक्रमित क्षेत्र खाली गराउन कुनै संकोचबिनै फिल्डमा खटिएपछि उनको चौतर्फि प्रसंसा भईरहेको छ । स्थानीयले मेयर चौधरीको जनमुखी काम भएको भन्दै आभार प्रकट गरेका छन । मेयर चौधरीले सरकारी राज्यको सम्पत्ती सरक्षण, सम्र्बद्धनका लागि सतिसाल झै फिल्डमै आफै खटिएर अतिक्रमित क्षेत्रमा डोजर लगाएर हटाएको छ । सो कार्य बाट स्थानीय सहित अन्यन्त्र पालिका जनताले समेत उच्च प्रसंसा गरिरहेका छन ।

 

प्रतिक्रिया दिनुस