कञ्चनपुर । सशस्त्र प्रहरीले कैलालीको सीमावर्ती क्षेत्रबाट तस्करीका अवैध समान बरामद गरेको छ । गयराती सशस्त्र प्रहरी बल बिओवी बङग्रा कटानको टोलीले सीमावर्ती क्षेत्रबाट अवैध समान बरामद गरेको हो ।

भारतबाट गैर कानुनी रुपमा भन्सार चोरीछलीका लाखौँका अवैध समान नेपाल भित्र्राउने क्रममा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार चोरीछली गरेर ल्याएका अवैध समान बरामद गरेर भन्सार चलान गरिएको छ । झण्डै ८ लाख बराबरका कपडा सहितका समान बरामद गरेर सशस्त्र प्रहरीले त्रिनगर भन्सार चलान गर्दै आएको छ ।

धनगढी उपमहानगरपालिका ९ बङग्राकटान बिओपीले विगतमा समेत तस्करीजन्य गैर कानुनी सीमा क्षेत्रमा हुने अपराध एव राजस्व छली बिरुद्धमा कार्बाही गर्दै आएको छ । सशस्त्र प्रहरी बल बङग्राकटान बिओपीको सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालले नेतृत्व गरेका छन । यसरी भारतबाट भन्सार चोरीछलीका अवैध समान सशस्त्र प्रहरी बल बङग्राकटान बिओपीले नियन्त्रणमा लिन थालेपछि तस्कर समुह समेत त्रसित भएका छन ।

प्रतिक्रिया दिनुस