नरेश राना

लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०८० सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच पालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता २०८० सुरु भएको हो ।

लालझाडी गाउँपालिकाको गाउँ खेलकुद समिति संयोजक प्रकाश रानाको सभापतित्व, कञ्चनपुर क्षेत्र नम्बर ०१ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ प्रमुख अतिथी रहेका थिए भने विशिष्ट अतिथि गाउँपालिका निवर्तमान अध्यक्ष मदन सेन बडायक, अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना रहेका थिए ।

बुधबारको खेलमा १५ मिटर छात्र तर्फको दौड प्रतियोगिता सम्पन्न भएको छ । सरस्वती मा.वि छोटी पर्सियाका अजय चौधरी, १५ मिटर छात्रा तर्फ सोही विद्यालयका ममता चन्द प्रथम भएका हुन् । छात्र र छात्रा तर्फको १०० मिटर दौडा र सटपुट प्रतियोगिता भएको छ। पालिका अन्तर्गतको विद्यालय सहभागी भएका छन ।

प्रतियोगिता पौष २० गते सम्म सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया दिनुस