कञ्चनपुर । कैलालीको लम्किचुहा नगरपालिका शिक्षा अधिकृतलाई मोसो दलिएको छ । क्रान्तिकारी युवा संगठन नेपालले शिक्षा अधिकृत गौरीदत्त न्यौपानेलाई मोसो दलेको हो । बैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालले सोमबार शिक्षा अधिकृत न्यौपानेमाथि मोसो दलेको जनाएको छ ।

शिक्षक, अध्यक्षसंग अभद्र व्यवहार, शिक्षक नियुक्तीमा कमिसन लिएको, खेलकुद शिर्षकमा कमिसन, भ्रष्टाचारमा लिप्त भएपछि कार्बाही स्वरुप मोसो दलिएको जनाएको छ ।

प्रतिक्रिया दिनुस