कञ्चनपुर । प्रहरी जवान नरेन्द्र नाथले प्रहरी निरीक्षक बिनु शाही बिरुद्धमा प्रशासनमा उजुरी दिएका छन । प्रहरी जवान नाथले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक(ईन्सपेक्टर) शाही बिरुद्धमा उजुरी दिएका हुन ।

नाथले आफुमाथि कुटपिट, यातना, मानसिक यातना दिएर जागिरबाट आउट हुन बाध्य पारेको भन्दै उजुरी दिएको बताएका छन । प्रहरी जवान नाथले आफु बिरुद्धमा बिनु शाहीकै उस्काएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लगाएको आरोप पुष्टी गर्न चुनौती सहित आफुलाई सुर्ति लगेको विषयमा लगाएको आरोप बारे सिसिटिभी फुटेको माग अघि सारेका छन ।

जवान नाथले ईन्सपेक्टर शाही बिरुद्धमा प्रशासनमा दिएको यस्तो छ । निवेदन श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू , जिल्ला प्रशासन कार्यालय कञ्चनपुर उपरोक्त विषय सम्बन्धमा म जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी जवान पदमा कार्यरत रही आएको अवस्थामा मिति २०८०÷९÷१७ देखि लागू हुनेगरी ९४ दिन घर बिदा० आफ्नो वासस्थान तथा परिवारका सदस्य भएको स्थान जिल्ला कञ्चपुर भीमदत्त नगरपालिका–९ मा आई मिति २०८०÷०९÷२१ मा थप २० दिन घर बिदा माग गर्न श्री जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा गई बिदा थप गराई लिएकोमा मिति २०८०÷९÷२२ गतेका दिन अ १५ः४५ को समयमा श्री जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा विदा स्विकृत भए नभएको सम्बन्धमा म तथा प्रहरी जवान सुरेश चन्दसँग बुझ्न जाँदा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको प्रशासनको अगाडि पुग्दा केही परिचित व्यक्तिहरुसँग भलाकुसारी गरी राखेको अवस्थामा प्रहरी निरक्षक बिनु शाहीको निर्देशनमा म समेतलाई घेरा बन्दी गरी समाती मुद्दा शाखामा लगि मलाई प्रहरी निरीक्षक बिनु शाहीले लात मुक्का समेतले कुटपिट गरी तिमीहरु किन म कहाँ आएको हो भनी धम्काउदै गर्दा मैले बिदा स्विकृत भए नभएको बुझ्न आएको जवाफ दिँदा एक्कासी म समेतलाई थुनामा राख निर्देशन गरी अनाहकमा किन यस्तो गर्नुहुन्छ भनी आग्रह गर्दा समेत कुनै सुनवाई भएन सो राति मलाई थुनुवा गृहमा नै राखी अर्को दिन दिउँसो काठका मुडाहरु बोक्न लगाई शारिरिक हैरानी दिन लगाइयो ।

साँझपख विभिन्न कागजहरुमा दस्तखत गर्न लगाई प्रहरी सुत्ने कोठामा निज प्रहरी निरीक्षक बिनु शाहीले मुखमा तथा शरिरका अंगहरुमा समेत लात मुक्का समेतले निर्घात कुटपिट गरियो । पश्चात मलाई ३ नम्बर सेलमा थुनुवा गरी राखियो तेस्रो दिन राति ८ः३० बजेको समयमा घरका मानिसहरु बोलाई जिम्मा लागाइयो । सो समय राजीनामा गर्ने अन्यथा जबरजस्ती करणी वा अभद्र व्यवहारको मुद्दा लगाई कारबाही गर्ने धम्की दिइयो । यी क्रियाकलापबाट म आजित भएको र मलाई मानसिक तथा शारिरिक यातना समेत दिइएबाट विछिप्त रहेको तथा कानमा समेत चोट लागेकोले अन्यायका डरले बाध्यताबस कार्यरत निकायमा गई राजीनामा दिन बाध्य बनाइयो ।

उपरोक्त परिस्थिति विद्यमान रहेकोले गाउँ समाजका भद्र भलादमीको सहयोगमा अन्यायविरुद्ध कानुनी उपचारमा जाने ऊर्जा मिलेकोले मलाई यातना दिन प्रारम्भ भएको मिति २०८०÷९÷२२ को दिउँसो ३ बजे देखि मिति २०८०÷९÷२४ को राति ९ बजेको समय सम्मको श्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जडान भएको सीसीटिभी फुटेजहरु प्रमाण प्रयोजनको लागि सुरक्षित गराइ पाउन श्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन जारी गरी पाउन सादर अनुरोध गर्दछु । उक्त विषयमा कञ्चपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी ती प्रहरी जवानले निवेदन दिएको र आवश्यक जाँचबुझ भइरहेको बताएका छन ।

भने उक्त घटना बाहिर आएपछि प्रहरी प्रदेश र केन्द्रीय कार्यालयका अधिकृतहरुले समेत चासो दिएका छन । धमाधम प्रहरी सेवा छाडिएका बेला अधिकृतबाटै तल्ला स्तरका कर्मचारी जागिर छाड्ने अवस्था सृजना साच्चिकै भएको बारे चिन्ता व्यक्त गरिएको छ । सोमबार महेन्द्रनगर खुला मञ्चमा पत्रकार सम्मेलन गर्दै प्रहरी जवान नाथले प्रहरीभित्र नै दमन, अन्याय, अत्याचार हुने भएकाले आफुले सबै प्रहरी अधिकृतको साथ सर्मथन पाएपनि ईन्सपेक्टर शाहीको यातना सहन नसकी राजिनामा दिएको बताएका थिए ।

उनले २२ पुष ०८० जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा विदा थप्नका लागि गएका बेला ईन्सपेक्टर शाहीले फिल्मशैलीमा थुनेको बताए । ‘म आमा बिरामी भएपछि विदा थपका लागि जिप्रका गएका थिए, जिप्रकामा हामी दुई चार जना साथिभाई भलाकुसारी गर्दै थिए, एक्कासी हामी भएको ठाँउमा ईन्सपेक्टर शाही आएर कुटपिट गर्दै थुनिदियो, ‘उनले भने, ‘मेरो गल्ती नहुँदा नहुँदै पनि चार दिन हिरासतमा राखिदियो ।’ शारिरिक हैरान, मानसिक यातनादेखि कुटपिट गरेको उनले आरोप लगाए ।

‘उच्च पदस्थ हुँ भन्दैमा घमण्डले आफुमाथि निर्घात कुटपिट गरियो, अनि बिना करण थुनिदियो, ‘उनले भने, ‘उच्च प्रहरी कर्मचारीबाटै हामी जस्ता निम्न कर्मचारीमाथि यसरी दमन गरियो ।’ आफुलाई लात्ताले साउन ईन्डियन फिल्मशैलीमा कुटपिट गरेर छाडिएको उनको दुखेसो छ । ‘मलाई कुटपिट ग¥यो, म लाचले बाहिर निस्किएन, त जहाँ जान्छन, त्यही तेरो जागिर खाईदिन्छु, कि राजिनामा गर भन्दै मलाई दवाव दिएपछि बाध्य भएर पवित्र संगठनमा सेवा गर्ने चाहना हुँदाहुँदै बिदा हुनुप¥यो ।’

प्रहरी निरीक्षक बिनु शाहीले आफुले प्रहरी जवान नरेन्द्र नाथलाई कुटपिट र यातना नदिएको दावि गरेकी थिईन । उनले थुनुवा भेट्नका लागि सूर्ति, पुकार ल्याएर थुनुवा कक्षमा जाँदा प्रहरी नियमावली अनुरुप थुन्नेदेखि शारिरिक यातना दिएको बताईन । ‘हाम्रो प्रहरी नियमावलीमा कर्मचारीले गल्ती गरे शारिरिक यादना दिने प्रावधान छ, त्यही अनुरुप नाथलाई पनि नैसियल दिएका हौँ, ‘उनले भने, ‘नाथले भने अनुरुप उनीमाथि दमनदेखि अन्याय, जागिर छाड्न बाध्य पारेको होईन ।’

बाहिरिएपछि कञ्चनपुरका नागरिक समेतले तल्लो स्तरका कर्मचारीमा मानसिक यातना, आफु अनुकुल चलाउने, हेप्ने जस्ता गतिबिधी अमानविय भएको टिकाटिप्पणी गरिरहेका छन । राज्यले दिने सेवा सुविधाको विषय अघि सारेर प्रहरीमा दिनप्रतिदिन जागिर छाड्नेको ताँती चलिरहेका बेला उच्च प्रहरीले निम्न प्रहरी कर्मचारीमाथि कुटपिट, दमन, हैकमबादी , ईगो, बैमनस्यतादेखि वाद विवादमा मुछिन थालेपछि नागरिकको समेत प्रहरीप्रति विश्वास घट्ने सर्वत्र चिन्ता गरिएको छ । प्रहरी जवान नाथले जागिरबाट आवट उक्त प्रकरणमा प्रहरी, पुर्व प्रहरीदेखि आम नागरिक एव सरोकारवाले चासो राखिरहेका छन ।

प्रतिक्रिया दिनुस