महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले आफ्नो जन्मदिन विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेर मनाएका छन्।

शनिबार शुक्लाफाँटा नगरपालिका–१ स्थित सिद्ध बैजनाथ माध्यमिक विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाइएको हुन।

नगर प्रमुख महराले जन्मदिनको अवसर पारेर कक्षा १ देखि कक्षा ११ सम्म उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका थिए।

फजुुल खर्च गरेर जन्मदिन मनाउने परम्परालाई तोड्न सन्देश प्रवाह गर्ने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको नगर प्रमुख महराले बताए।

पछिल्लो समय जन्मदिनलाई भड्किलो तरिकाले मनाउने, फजुल खर्च गर्ने परम्परा बढेको छ,’ उनले भने, ‘त्यस्ता परम्परा तोड्नुपर्छ, फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा लगाउन नगरवासीमा आग्रह गर्दछु।’

गत शैक्षिक सत्रमा कक्षा १ देखि कक्षा ४ सम्ममा प्रथम हुने विद्यार्थीलाई १  झोला, १ दर्जन कापी र १ प्याकेट कलम वितरण गरिएको थियो।

यसैगरी, कक्षा ५ र ६ मा प्रथम हुने विद्यार्थीलाई १ वटा ग्रामर व्याकरण, स्टेपलर, पिन र १ प्याकेट कलम वितरण गरिएको छ।

यस्तै कक्षा ७ मा प्रथम हुने विद्यार्थीलाई १ वटा बीएलई, १ वटा व्याकरण, १ प्याकेट कलम, १ वटा स्टेपलर र पिन वितरण गरिएको छ भने कक्षा ८ र ९ मा प्रथम हुने विद्यार्थीलाई १र१ वटा अंग्रेजी डिस्नरी, क्याल्कुलेटर, औजार बक्स, स्टेपलर, नि र १ प्याकेट कलम वितरण गरिएको छ।

कक्षा १० र कक्षा ११ मा प्रथम हुने विद्यार्थीलाई नेपालको संविधान, सामान्य ज्ञान, अंग्रेजी डिस्नरी, स्टेपलर, पिन र १ प्याकेट कलम गरिएको थियो। नगर प्रमुख महराले गत वर्ष पनि विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाएका थिए।

प्रतिक्रिया दिनुस