कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्शाहमा रहेको सिद्ध बैजनाथ माध्यमिक बिधालयको बार्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न भएको छ। सिद्ध बैजनाथ माध्यमिक बिधालयको ४४ औँ वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको हो ।

सिद्ध बैजनाथ माध्यमिक विद्यालयका अध्यक्ष लोक बहादुर ऐरीको सभापतित्वमा भएको बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रण बहादुर महरा रहेका थिए।

त्यस्तै बार्षिक उत्सव कार्यक्रममा विशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष उत्तर देव भट्ट अतिथि वार्ड सदस्य बल्देब अवस्थी , वार्ड सदस्य अन्जना चौधरी सन्तोला कामी, दिना राम चौधरी, शुक्लाफाँटा नगरपालिका बिभिन्न सामुदायिक बिध्यालयका प्रअ तथा अध्यक्ष बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि अतिथि रहेका थिए ।

बार्षिक उत्सव कार्यक्रममा बिध्यालयका बिध्यार्थिहरूले बिभिन्न नृत्य तथा सांस्कृतिक प्रस्तुति राखेका थिए । बार्षिक उत्सब कार्यक्रम उत्कृष्ट बिध्यार्थिहरू लाइ पुरस्कार तथा सम्मान गरिएको थियो। बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथी तथा शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रण बहादुर महराले आफ्नो जन्म दिनको अवसरमा उत्कृष्ट बिध्यार्थिहरू शैक्षिक सामग्री वितरण गरेका थिए । त्यस्तै नगर प्रमुख महरा कार्यक्रममा बोल्दै शुक्लाफाँटा नगरपालिका सामुदायिक विद्यालय हरूमा सिद्ध बैजनाथ माध्यमिक विद्यालय उत्कृष्ट रहेको बताए । शुक्लाफाँटा नगरपालिका अन्य बिध्यालयले पनि यस बिध्यालयबाट केहि सिक्न र अनुसरण गर्न सुझाब दिए । त्यस्तै प्रमुख अतिथि महराले सामुदायिक बिध्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार सुधारका लागि नगर पालिका तयार रहेको बताए ।

त्यस्तै विशिष्ट अतिथि वार्ड अध्यक्ष उत्तर देव भट्टले सामुदायिक बिद्यालयको सुधारका लागि नगरपालिकाबाट नयाँ ऐेन कार्यविधि पारित हुने तयारीमा रहेको बताए। बिध्यालयको शैक्षिक सुधारका लागि ठोस निति तथा कार्यक्रम लिएर अघि बढ्न तयार रहेको बताए । आफुले वार्ड कार्यालयवाट सकिने सहयोग गरेको बताए । वार्ड १ मा सामुदायिक बिध्यालय व्यवस्थित तथा शैक्षिक सुधारका लागि विध्यालय एकमा गाभ्ने काम पनि हुन जरुरी रहेको बताए । बिध्यालयले शैक्षिक सुधारका ठोस निति कार्यक्रम लिएर आए वार्ड कार्यालयको सम्पुर्ण बजेटको आधा बजेट शिक्षामा खर्च गर्न तयार र प्रतिबद्ध रहेको बताउनुभयो। प्रअ धन सिंह महराले  बार्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न गर्न सहयोग गर्ने सहकर्मी शिक्षक तथा अभिभावक, विध्यार्थीहरू ,प्रमुख अतिथि, अतिथि , बिध्यालय व्यवस्थापन समिति लगायत उपस्थित सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए। बार्षिक उत्सव कार्यक्रमको सञ्चालन शिक्षक धर्म राज जोशी तथा शिक्षक महेश अवस्थीले गरेका थिए।

प्रतिक्रिया दिनुस