केशव थापा

कञ्चनपुर । कञ्चनपुरको एक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत(कार्यालय प्रमुख) निरन्तर परिर्वतन भईरहेका छन । जिल्लाको र्दिक्षणी क्षेत्र बेलडाँडी गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत(कार्यालय प्रमुख) निरन्तर परिर्वतन भईरहेका हुन । बेलडाँडी गाँउपालिकामा एकै बर्षमा चार प्रमुख प्रशासकीय अधिकृत परिर्वतन भएका छन ।

कार्यालयमा आउने केही समय काम गर्ने र त्यसपछि जानेक्रम जारी रहेको छ । बेलडाँडी गाँउपालिका प्रशासन प्रमुख राज बहादुर विष्टले हालै आएका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र बहादुर थारुको समेत सरुवा भएको बताए । प्रशासन शाखा प्रमुख विष्टका अनुसार गणेश दत्त भट्टपछि आएका सबै हाकिमको शिघ्र सरुवा भएको छ ।

तत्तकालिन प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यालय गणेश दत्त भट्टको ३ माघ ०७८ मसिरमा सरुवा भएको थियो, उनको ठाँउमा पदमराज जोशी आए । २६ पुष ०७८ मा आएका जोशी ९ असोज ०८० मा सरुवा भए । त्यसपछि १६ असोज ०८० मा कृष्णानन्द जोशी आए उनको पनि २२ मसिर ०८० मा सरुवा भयो ।

जोशीको सरुवा भएसंगै २८ मंसिरमै गजेन्द्र बहादुर थारु आए, उनको पनि २९ माघ ८० मा सरुवा भयो । थारुको ठाँउमा बीर बहादुर ऐरकोे सरुवा भएको चर्चा भएपनि उनी अहिलेसम्म कार्यालयमा हाजिर नभएको कार्यालयले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका गजेन्द्र थारु र कृष्णानन्द जोशीको करिब २÷२ महिना काम गरेको देखिन्छ । जोशीको कार्यकाल दशैँ, तिहार विदामै सकियो । यसरी कार्यालय प्रमुख सरुवा प्रकरणले कतिपय सेवाग्राहीले अनुहार समेत नदेखेरै कर्मचारी सरुवा दौड निरन्तर जारी रहेको छ ।

चालु आर्थिक बर्ष ०८०÷०८१ को साउनदेखि हालसम्म चार हाकिमको सरुवाले कार्यालयको नियमित प्रशासनदेखि नीतिगत कामकाजमा प्रभाव परेको छ । अन्यन्त्रबाट कार्यालय प्रमुखकै जिम्मेबारीमा आएका शाखा अधिकृत तीन महिना, ६ महिना, बर्षदिन समेत नटिक्दै सरुवा गर्ने, हुने संस्कारले स्थानीय तहकोे बृद्धि विकासका साथै नियमित कामकाजमा प्रभाव परिरहेको छ ।

प्रशासन शाखा प्रमुख राज बहादुर विष्टले कार्यालय प्रमुखले अस्वभाविक सरुवाले नियमित कामकाजदेखि भुक्तानी, सम्झौताका योजना प्रभावित हुने बताए । ‘कतिपय जिम्मेबारी कार्यालय प्रमुखलाई नै दिएको हुन्छ, प्रमुख नै नहुँदा महत्वपूर्ण कामकाज योजना कार्यान्वयनमा आउन सक्दैनन, ‘उनले भने, ‘त्यसपछि पालिकाको बृद्धि विकासमै समस्या हुने गर्छ ।’

स्थानीयले भने, कमाउने उत्साहित भएर पालिकाको हाकिम भएर आउने, अनि कतै आफ्नै कर्मचारी, त जनप्रतिनिधीसंग सेटिङ्ग नमिलेपछि सरुवा भएर जाने प्रवृतिले उक्त समस्या खडा गरेको बताएका छन । कार्यालयमा काम गर्ने वातावरण नहुँदा त्यहाँबाट सरुवा मागेर अन्यन्त्र जानु परेको सरुवा भएर गएका कर्मचारीले अनुभव व्यक्त गरेका छन ।

तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले काम गर्दा अख्तियारले समात्ने डर नगर्दा राजनीतिक दवावले प्रमुख प्रशासकीय अधिकृत सरुवाहुनेक्रम जारी रहेको बताए । ‘मेरो हकमा मैले त्यहाँ मागेको पनि थिईन, निवेदन पनि दिएको थिएन, तर एक्कासी सरुवा गरिदियो, ‘मैले समान्य प्रशासन मन्त्रालयमा बुझ्दा दशैँ तिहारका बेला कर्मचारीलाई तलब खुवाउनदेखि समाजिक सुरक्षा भत्ता वितरणका लागि आग्रह अनुरुप काम गरिदिएको हुँ ।’

कर्मचारीहरुले राजनीतिक दवाव भनेपनि जनप्रतिनिधीहरुले कर्मचारीले जहाँ कमिसन खान पाईदैन, त्यहाँ कर्मचारीले कामै नगर्ने प्रवृति हावि भएको बताएका छन । आफु अनुकुल कमिसनदेखिका कामकाज गर्न नपाएपछि हाकिमले माथिल्ला निकाय सोर्सफोर्स गरेर सरुवा गर्ने गराउने प्रवृति रहेको बताएका छन ।

संघ सरकार मातहत रहेका प्रमुख प्रशासकीय अधिकृत तहका कर्मचारीहरुले स्थानीय सरकारलाई नटेर्ने मनोविज्ञान समेत हावि भएकाले कर्मचारीहरु स्थानीय तहमा अनुकुलदेखि कमाउधन्दाका लागि मात्रै टिक्ने गरेको स्वयम स्थानीय तह सेवाका कर्मचारीहरुको भनाई छ ।

बेललडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले कर्मचारीले बढि सुविधा खोज्ने, पायक पर्ने ठाँउमा जानेदेखि अनुकुलतामा मात्रै काम गर्ने प्रवृतिले कर्मचारी टिक्न नसकेको बताए । ‘हामीले गैर कानुनी रुपमा दवाव दिने कुरै भएन, जनताको सेवा शिघ्र गरिदिन मात्रै निर्देशन गर्ने हो, ‘उनले भने, ‘जबसम्म हरेक कर्मचारीले आफ्नो कर्तव्यबारे स्पष्ट हुँदैनन, तबसम्म यो समस्या रहीरहन्छ ।’ जनप्रतिनिधी र कर्मचारीले एक आपसमा समन्वय गरेर आ–आफ्नो कर्तव्य जिम्मेबारी निर्वाह गर्दा मात्रै विकास हुने बताए ।

प्रतिक्रिया दिनुस