केशव थापा 

कञ्चनपुर । फागुन आँउँदो दोस्रो सातादेखि कञ्चनपुरमा ‘दादुरा–रुबेला’ रोग बिरुद्धको खोप अभियान संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले १३ फागुन (आईतबार)देखि ‘दादुरा–रुबेला’ रोग बिरुद्धको खोप अभियान संचालन गर्न लागेको हो । राष्ट्रिय कार्यक्रम अनुरुप जिल्लामा समेत खोप अभियान संचालन गरिन लागेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशीले खोप अभियान संचालनका लागि जिल्लामा आवश्यक तयारी सबै पुरा भईसकेको बताए । कार्यालय प्रमुख जोशीले जिल्लामा दादुरा रुबेला रोग निर्मुल नहुँदा फेरी संचालन भईरहेको बताए । उनका अनुसार कञ्चनपुरमा ३८ जना बालबालिकामा दादुरा–रुबेला रोग देखिएपछि पूर्ण निर्मलका लागि संचालन भईरहेको बताए ।

१३ फागुनदेखि संचालन भई २१ फागुन ९ दिनसम्म संचालन हुनेछ । जिल्लाका ९ वटै पालिका ५ सय ५३ स्थानबाट खोप प्रदान गरिने छ । कञ्चनपुरका ९ महिनादेखि १५ बर्षमुनीका १लाख, ३८ हजार ११२बालबालिकालाई नियमितदेखि खोप छुट पेन्टा, पिसिभि, आईपिभी खोप दिईनेछ । २सय ५०भन्दा बढि विद्यार्थी भएका विद्यालय, नियमित खोपकेन्द्र मार्फत खोप संचालन गरिनेछ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले कोरोना महामारी र गत बर्ष जिल्लामा ३८जना बालबालिकामा कोरोना महामारी देखिएपछि कञ्चनपुरपनि संक्रमणको सुचिमा परेको बताए । उनका अनुसार बाँकेमा देखिएको रुबेला–दादुरा रोग सर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा २ जना बालबालिकामा देखिएपछि फैलिएर ३८जनामा देखिएको बताए ।

‘यो सरुवा रोग हो, शुरुमा अन्यजिल्लामा देखिएको रोग हाम्रो जिल्लामा पनि देखियो, अहिले आएर थप खोप संचालन गर्नुप¥यो, ‘उनले भने, ‘यस पटक निदान हुनेमा हामी विश्वस्त छौँ ।’ स्वास्थ्य कार्यालय कञ्चनपुरका मलरिया ईन्सेक्टर सिद्धराज भट्टले खोप लगाउने दौरानमा कुनै बालबालिकामा स्वास्थ्य समस्या देखिए जिल्ला र पालिकामा खोपबाट हुने अनुचित घटना न्यूनिकरणका लागि एईएफआई टिम गठन गरिएको बताए । जिल्लामा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुन प्रशाद भट्टको सयोजकत्वमा र पालिका स्तरमा चिकित्सक वा सिनियर स्वास्थ्यकर्मीको संयोजकत्वमा टिम गठन गरिएको छ ।

उक्त टिमले खोप लगाएपछि बालबालिकामा आउने स्वास्थ्य समस्या समाधान गर्न उपचारमा खटिनेछ । स्वास्थ्य कार्यालयका सुपरभाईजर कपिलदेव जोशीले सिजनमा आउने बसाईसराई गर्ने परिवारका बालबालिका खोपबाट छुट्ने भएकाले जोखिम रहीरहने बताए । उनले परिवार सहित आउने भारतीय बालबालिका जो ईटा उद्योग सहितका विभिन्न उद्योगमा काम गर्दै आएका छन, ति बालबालिका खोपबाट बञ्चित हुने अवस्थामा जोखिम कायमै हुने भएकाले त्यसतर्फ समेत स्वास्थ्य कार्यालय सहित पालिका सचेत भएको बताए । ‘यस पटक हामीले बजारदेखि गाँउसम्मै माईकिङ्ग गरेर खोप लगाउन आब्हान गछौँ, ‘उनले भने, ‘छुटन भने दिदैनौँ, सबैलाई खोप लगाउँछौँ ।’ स्वास्थ्य कार्यालय कञ्चनपुरले दादुरा रुवेला रोग बिरुद्धको राष्ट्रिय खोप अभियानका लागि सहयोग गर्न आब्हान गरेको बुझिन्छ ।

 

प्रतिक्रिया दिनुस