दिपकराज भट्ट् , डडेल्धुरा, अमरगढि पटक पटक भएका अनियमितताले डडेलधुरा देखि बैतडीको मेलौली जोड्ने उग्रतारा–मैलौली सडकखण्ड निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । साविकका ५ वटा गाउँविकास समिति जोड्दै बैतडीको दुर्गममा रहेको तल्लो स्वराड जोड्ने सवैभन्दा छोटो दुरीको यो सडक लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा ०४२ मा निर्माण सुरु भएको हो ।

डडेलधुराको उग्रतारा मन्दिर देखि ९६ किमि लामो दुरीको सडक निर्माणमा ३४ वर्षसम्म लगातार बजेट खर्च हुँदै आएपनि निर्माण कम्पनी र सरकारी अधिकारीहरूले गर्ने अनियमितताका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।डडेलधुराका साविकका ५ गाविसमा ७८ किमि र बैतडी जिल्लामा १८ किमि निर्माणाधीन सडकको रातागौन देखि ८ किमि क्षेत्रमा सुरु भएको कालोपत्रे गर्ने काममा पनि पछिल्लो पटक ब्यापक अनियमितता भएको छ ।

प्रतिक्रिया दिनुस