दिपकराज भट्ट — डडेल्धुरा,बैतडि ,बाजुरा सुदुर पाहाडका जिल्लामा तोरि पेल्नु र गेडा पिस्नु का लागि पानी बाट चल्ने कोलु र घट्ट् पछिल्लो समयमा लोप हुदै गएको छ । डडेलधुराको भागेश्वर गाँउपालिकामा पनि पहिले देखि प्रयोग हुदै आएका पानी घट्ट् र कोलु लोप भएका छन् ।

पहिले विद्युत ,सडक नहुदा आफुले दुई घण्टाको बाटो हिडेर गेडा पिस्नु पथ्र्यो , पछिल्लो दशकमा आएर गाँउगाँउमा विजुलि ,सडकको को विस्तार हँुदा गाँउमै मिल हुदा पानी बाट चल्ने कोलु र घट्ट् लोप भएको भागेश्वर ४ का स्थानिय देव ठकुराढिले बताएका छन् ।

पछिल्लो समयमा प्रविधिको विकास संगै परम्परागत सामग्रिहरु पनि लोप भएका छन् । पानी घट्ट् बाट पिसेको पिढो स्वादिलो हुने भए पनि आफुले विद्युतिय मिलको नै पिढो खानु पर्ने बाध्यता रहेको ठकुराढिको भनाई रहेको छ । तोरी पेल्ने कोल्हु, अन्न पिस्ने पानीघट्ट, अमिलोजन्य पदार्थ पेल्ने पेलाहा, घरघरमा हुने ढिकी, जाँतो, दाल दल्ने दलिनी लगायतका परम्परागत साधनसंँग जोडिएका पुराना प्रविधिका सामग्री विस्तारै विस्थापित र लोप हुँदै गएका हुन ।

 

प्रतिक्रिया दिनुस