गौरव बिष्ट, कञ्चनपुर असोज २८ , कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. १०झलारी बजारमा बर्षै देखी ब्यावसाय गर्दै आएका एक ब्यावसायी तथा साझा पार्टीका शुक्लाफाटा नगर संयोजक समेत रहेका खगेन्द्र प्रसाद पाण्डेले कपडा बैकं लाई कपडा हस्तान्तरण गरेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा सञ्चालनमा रहेको कपडा बैँकलाई मंगलबार २ सय ५० थान कपडा हस्तान्तरण गरेका हुन ।

उनले झलारी क्षेत्रबाट कपडा संकलन गरि बैँकलाई हस्तान्तरण गरेको बताए । पाण्डेयले कञ्चनपुरमा कपडा संकलन गर्नको लागि भाद्र २७ गते देखी अभियाननै सञ्चालन गरेको समेत बताए । त्यसैगरी उनले सोमबार महेन्द्रनगरको लाईन्स कपडा बैँकलाई १०० थान कपडा हस्तान्तरण गरेका थिए भने असोज १ गते दशै को पुर्व सन्ध्यामा झलारी क्षेत्रका ६० गरिब,विपन्न परिवारका लागि निःशुल्क कपडा वितरण गरिएको थियो । यस क्षेत्र बाट कपडा सहयोग गर्नुहुने सम्पुर्ण लाई नगर संयोजक पाण्डेय ले हार्दिक धन्यबाद दिदै आगामी दिनहरुमा आफुसंग बढी भएका कपडा सहयोग गर्न र अभाव भएका गरिव,बिपन्न परिवारले निःशुल्क रुपमा लैजान आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुस