बैतडीअसोज २८ बैतडीको पन्चेश्वर गाउँपलिकाको भवन निर्माणका लागि स्थानिय एकजना मनकारी ब्यक्तित्व धनी राम लुहारले जग्गा दान गर्नु भएको छ । स्थानिय राम लुहारले गाउँपलिकाको भवन निर्माणका लागि कतै जग्गा नपाएपछि उन्ले भवनका लागि जग्गा दान गरेका हुन । बैतडीको पन्चेश्वर गाउँपालिका वार्ड न।४ आमचौरा निबासि सुन्नरी राम लोहारका साठी बर्षीय छोरा धनी राम लोहारले पन्चेश्वर गाउँपालिकालाई आफनो नाममा रहेको सात रोपनी जग्गा दान गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताउनु भएको छ ।

गाउँपालिका भवन निर्माणको गाउँपालिकालाई सात रोपनी जग्गादान गरे बाफत गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष लगायत अन्य जनप्रतीनीधीहरुले मनकारी ब्यक्तीत्व लोहारलाई टिका र फुलमाला लगाएर सम्मान गरेका छन । गाउँपालिका भबन निर्माणका लागि गाउँपालिकाले यसअघि जग्गा खाज्दै आएको थियो । अब उक्त जग्गालाई गाउँपालिकाको नाममा नामसारी गर्ने प्रक्रिया अगाडि बढाई भबन निर्माण गरीने गाउँपालिका अध्यक्ष चन्दले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुस