कञ्चनपुर असोज २७ , शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास लक्षित अभियान अन्तर्गत शुक्लाफाटा नगरपालिका वार्ड नम्बर–११ कलुवापुर स्थित हिरा ऐरको घरबाट आइतवार ५ जनालाई जुवाखालबाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक कृष्णा नन्द भट्टले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरी निरिक्षक भट्टका अनुसार शुक्लाफाँटा नगरपालिकाका धन बहादुर महत्ता,मदन बहादुर विष्ट,दिपक बहादुर ऐर,सन्तोष नाथ र नन्दलाल पन्त रहेका छन । पक्राउ पर्ने धन बहादुर महत्ता र मदन बहादुर विष्ट प्रहरी रहेको खुलेको छ ।‘चाडपर्वसँगै जुवातास खेल्ने र खेलाउनेहरुलाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाएका छौं,’उनले भने । चाडपर्व नजिक आइरहेको अवस्थामा प्रहरीले बजार क्षेत्रमा निगरानी र गस्ती गरिरहेको छन् । पछिल्लो समय जुवातासमा संलग्नलाई कारवाही गर्न थालेपछि जुवाडेले दैनिक ठाउँ परिवर्तन गर्न थालेको प्रहरीले जनाएको छ ।प्रभु समाचार बाट

प्रतिक्रिया दिनुस