कञ्चनपुर असोज २७ ,कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं ३ बैवाह वनपुरुवामा मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।बेलौरी नगरपालिका वडा नं१० भुडा हुदै बेलडाँडी ५ झिलमिला आउने क्रममा म।१ प। ९९६० नंं।को मोटरसाइकल अनियन्त्रित भई नहर देखि तल खस्दा लोड मोटरसाइकलले च्यापिए मोटर साइकल चालक हंसु खडका ३५को घटना स्थलमै मृत्यु भएको हो ।

भुडा देखि खेतीगर्नका लागि ३ कट्टा मल ल्याएर झिलमिला फर्किने बेला नहरको बाटोमा भएका खाल्डालाई छल्न खोज्दा मोटरसाइकल नहरबाट खसेको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको प्रहरीले जनाएको छ ।घटना वारे थप अनुसन्धान भइरहेको बेलडाँडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस