धनसिंह धामी 

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा रहेको एक ईङलिस बोर्डिङ्ग स्कुलको बार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार नेपाल भारत नाका नजिक गड्डाचौकीमा रहेको श्री भुवनेश्वरी विद्या मन्दिरको २५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा सुप प्रदेश सरकारका पुर्वमन्त्री एव प्रदेश सभा सदस्य प्रकास रावल प्रमुख अतिथि रहुन भएको कार्यक्रममा भीमदत्त नगरपालिका उपप्रमुख निलक लेखक बिशिष्ठ अथिति रहेकी थिईन ।

उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भुवनेश्री चन्दले स्वागत मन्तव्य राखेकी थिईन । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि विकासमा आफ्नो पूर्ण भुमिका रहने चन्दले प्रतिबद्धता जनाएकी थिईन ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख निलम लेखकले आज भोलिका विद्यार्थीहरु लागुऔषध दु्रव्यवसनीमा बढिजसो फस्ने गरेको तत्थ्यहरु बाहिर आईरहेकोले गर्दा अभिभावक र सम्बन्धित सबैको ध्यानाकर्षण हुन जरुरी रहेको बताएकी छन । साथै उनले लागुऔषध ओसारपसार र सेवक कर्ताहरुलाई नियन्त्रणमा लिने दायित्व प्रहरी प्रशासनको मात्र हो भनेर सोच्नु भन्दा हामी सबैको दायित्व हो भनेर बुझ्नु पर्ने कुरामा जोड् दिएकी थिईन ।

यसैगरी प्रमुख अतिथि रावल, बिशिष्ठ अतिथि लेखक सहितका वक्ताहरुले विद्यालयले गरिरहेको बृद्धि विकास बारे प्रसंसा गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई ट्रफि मेडल प्रशसापत्र वितरण गरीएको थियो भने शिक्षक,अभिभावक, आमन्त्रीत केहि व्यक्तिहरुलाई सम्मान पत्र तथा मायाको चिनो समेत प्रदान गरीएको थियो । सो बार्षिकोत्सव कार्यक्रममा विभिन्न साँस्कृतिक कला प्रस्तुत गरिएको थियो भने शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधी सहितको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस