कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयले फरकशैलीमा बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका १९ उल्टाखाम–बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयले फरकशैलीमा ४१ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । बार्षिकोत्सव मनाउने केही विद्यालय मञ्चमा अतिथि भरिभराउ गरेर एकोहोरो भाषणबाजी गर्दै आएपनि लक्ष्मी माध्यामिक विद्यालयले फरकशैली अपनाएको छ । बार्षिकोत्सवका दिन विद्यार्थीले सिकेका आ–आफ्ना कला,ज्ञान प्रस्तुत गरेका छन ।

विज्ञान, प्रविधी, गणित, समाजिक सहितका विवित विषयका कला प्रस्तुत गरेका हुन । गेट प्रवेस गर्दादेखि मञ्चमा पुग्दासम्म अतिथिलाई स्वागतदेखि विद्यार्थीले आफुले सिकेका विषयको अवलोकन गराएका छन । यो देखेर अतिथि दङ परेका थिए । तीन बर्ष अघि मात्रै उक्त विद्यालयको नेतृत्व पाएका मावि गणितका शिक्षक समेत रहेका प्रद्यानाध्यापक प्रमानन्द नाथको सामुदायिक विद्यालय बनाउने अवधारणा अलौकिक रहेको भन्दै उनको चौतर्फि प्रसंसा गरिएको छ । कार्यक्रममा सहभागि हुन आएका अभिभावक सहितका विभिन्न शिक्षा क्षेत्रका व्यक्तित्वहरुले विद्यार्थीमा बृद्धि विकास भएको कलाबाट विद्यालयमा शैक्षिक सुधार भएको अनुभूती गरेका छन । जिल्लामै पहिलो पटक गणित पार्क बनाएर विद्यार्थीलाई गणितप्रति थप आकर्षित गर्दै कमजोर धरातल रहेका विद्यार्थीको स्तरबृद्धि गर्ने योजना ल्याएका छन । बार्षिकोत्सव कार्यक्रममा लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थीलाई कसरी ज्ञान अभिबृद्धि गर्ने योजनाका साथ विद्यालय अघि बढेको बताए । प्रअ नाथले दुई बर्ष अघि १सय ८० विद्यार्थी भएको लक्ष्मीमा चालु शैक्षिकसत्रसम्म आईपुग्दा तेब्बर बढिले बृद्धि भएर ५सय ८०पुगेको बताए । प्रअ नाथले नर्सरीदेखि कक्षा १०सम्म अग्रेजी, नेपाली दुवै माध्यमबाट पठन पाठन गरिएको बताए । ‘हामीले विद्यार्थीले सैद्धान्तिक ज्ञान घोटाउनु भन्दा व्यवहारिक जिवनोपयोगी प्राविधिक तथा अभ्यास गरेर शिक्षणविधी अपनाएका छौँ, ‘प्रअ नाथले भने, विद्यालयमा शैक्षिक गुणस्तरबृद्धि भईरहेको छ, भावि दिनमा समेत बृद्धि गर्ने हाम्रो संकल्प छ ।’ कार्यक्रममा उत्कृष्ठ शिक्षक बिरेन्द्र चौधरीलाई घोषितका साथै शिक्षकहरु रामदत्त भट्ट, टेकराज भट्ट, भागरथी पन्त, नरपती जोशीलाई सम्मान गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहायक प्रअ प्रेमप्रकास जोशीले शैक्षिक गुणस्तर बृद्धि भईरहेको बताए । कार्यक्रमको सभापतित्व समेत ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले न्यूनतम स्रोत साधनका विच शिक्षकको मेहनत, अभिभावको साथ सर्मथनले शैक्षिक स्तर बृद्धि गर्ने कार्य भईरहेको बताए । अध्यक्ष भण्डारीले सामुदायिक विद्यालयको सुधार एव बृद्धिविकासका लागि सरोकारवालाले समेत सहयोग गर्नुपर्नेमा जोडदिए । कार्यक्रममा अथिति कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पछिल्ला दिनहरुमा लक्ष्मी माविको शैक्षिक स्तरबृद्धि भईरहेको औल्याउँदै अनुशासनपुर्वक विद्यालय संचालन हुँदा विद्यार्थीमा सुधार आएको बताए । बिशिष्ठ अतिथि भीमदत्त नगरका उपप्रमुख निलम लेखकले विद्यालयको बृद्धि विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिईन । कार्यक्रमका प्रमुख अतिथि सुप प्रदेश सरकारका पुर्वमन्त्री एव प्रदेश सभा सदस्य प्रकास बहाुदर रावलले लक्ष्मी माविको बृद्धि विकासका लागि विगतमा पनि सहयोग गरेर अहिले पनि गर्दै आएको र भावि दिनमा समेत गर्दै जाने आश्वास दिए । नवनिर्मित भवनको उद्घाटनका साथै विवित साँस्कृतिक कार्यक्रम प्रस्तुत उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । शिक्षक टेकराज भट्ट र शिक्षिका ज्योती बोहरा(जोशी)ले संचालन गरेको कार्यक्तममा विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधी सहित विभिन्न शिक्षा क्षेत्रसंग सम्बन्धीत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस