बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथले फर्जी कागजात बनाई गैरकानुनी काम गरेको समाचार बाहिरिएपछि गल्ती ढाकछोप गर्न आफ्नो नाममा फर्जी ३ तलाको घर सहितको कित्ता नं.३५७ अगाडी आफ्नो नामबाट हटाएको खवर प्राप्त भएको छ ।

 

बेलौरी मालपोत कार्यालयमा गई उपाध्यक्ष नाथले आफ्नो गल्ती लुकाउन झटपट सो कित्ताबाट आफ्नो नाम हटाएका हुन् । बेलौरी मालपोत कार्यालयका अनुसार ३५७ नं. कित्ता अहिले शान्ति नाथको नाममा नरहेको बताउदै १ हप्ता अगाडी उनले नामसारी गरिसकेको कार्यालयले जनाएको छ ।

 

सो कित्तामा नाथले फर्जी ३ तलको घर देखाएका थिए तर बेलौरी मालपोत कार्यालयमा उक्त कित्तामा घर कायम नभएको बेलौरी मालपोत कार्यालयका प्रमुख कुशल मंगल भाटले जानकारी गराउनु भयो ।

 

उपाध्यक्ष नाथले सेती इन्जिनियरिङ्ग कन्सल्टेन्सीको सहायतामा बेलडाँडी गाउँपलिका बाट घर नक्सा प्रमाणित कागजात फर्जी बनाएको खुलासा भएपछि उनले उक्त फर्जी कार्य ढाकछोप गर्न कहिले वडा कार्यालयलाई दवाद दिइरहेका छन् भने कहिलै गाउँ कार्यपालिकाबाट नक्सा हटाइदिन आग्रह गरिरहेको श्रोतले बताएको छ ।

 

नाथले बेदकोट नगरपालिका कार्यालय अगाडी रहेको सेती इन्जिनियरिङ्ग कन्सल्टेन्सीबाट आफ्नो दुई तले घरको फर्जी नक्सा बनाएका हुन । उक्त कन्सल्टेन्सीले बिना आधारको ऐलानी जमिनमा घर बनेको नक्सा पास गरेको छ । उक्त घर नक्सा पास गर्न सेती इन्जिनियरिङ्ग कन्सल्टेन्सीले प्रमाणित गरेको फर्जी कागजात मिति २०७७ माघ २३ गते पालिकामा पेश गरेकी थिइन । त्यसकै आधारमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले जो जस संग सम्वन्धित छ भनेर घर नक्सा प्रमाणित गरेका थिए ।

 

उपाध्यक्ष नाथले बेलडाँडी गाउँपालिका वडा नं.२ भित्रको नक्सा सिट नं. ०२६ ०५०४ अन्तरगत कित्ता नं. ३५७ मा क्षेत्रफल ०,४०० ब.मी.जग्गामा पक्की भवन ग्राउण्ड फलोरको क्षे.फ. ६९१.१३ र पहिलो तला ६९१.१३ वर्ग फिट भवनको ६ वेडरुम, २ सिडी, २ गेलरी, १ सटर पक्की घर बनेको भन्ने फर्जी कागज बनाएकी थिइन । उपाध्यक्ष नाथले फर्जी कागजातमा उल्लेख घरको कित्तामा कुनै घर छैन् । उनले फर्जी कागजमा उल्लेख गरे अनुसारको घर बेलडाँडी गाउँपालिका देखि बेलडाँडी बजार जाने साविक बाटोमा रहेको छ । फर्जी कागजात बैंक राखेर ठुलो रकम ऋण लिएको भेटिए पछि उनले फाल्गुन ४ गते बैंकको चुक्ता गरिदिएका थिए । उनले गरेको फर्जी कार्यको बारेमा अख्तियारमा उजुरी परिसकेको छ ।

प्रतिक्रिया दिनुस